जनता आवास कार्यक्रमको रकममा हाकिम र ठेकेदारको रजाई

जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा निर्माण भइरहेको घरहरुमा व्यापक भ्रष्टाचारी भएको पाइएको छ ।

यस कार्यक्रम अन्तर्गत पर्साको कालिकामाई गाउपालिका वडा नंं.४ कटी बलुवामा निर्माण भइरहेको ५८ वटा घरहरुको अधुरै काम गरी १ करोड ५० लाख रकम निकाशा गरी हिनामिना गरेको तथ्य फेला परेको छ ।

जनता आवास कार्यक्रम अन्तरगत ५८ वटा घर बनाउने भन्दै सातोमाई उपभोक्ता समिती र सनेश बाबा उपभोक्ता समिती खडा गरी स्थानिय ठेकेदार असलम आलम र शहरी बिकास कार्यालय , वीरगंजका प्रमुख रुद्र नारायण दासको मिलोमतोमा उक्त रकम झिकिएको उपभोक्ता समितीका सदस्यहरुले बताएका छन ।

५८ वटा घरहरुमध्ये १३ वटा घरको जग मात्र खनेर रकम झिकिएको स्थानियले बताएका छन । नामको मात्र उपभोक्ता समिती खडा गरी स्थानिय ठेकेदार असलम आलम र जितेन्द्र कलवारले स्थानिय सोझा–साझा गरीबहरुलाई झुक्याई उनीहरुको नाममा उपभोक्ता समिती खडा गरी बन्दै गरेको अधुरो घरलाई कागजमा काम पुरा भएको देखाएर उक्त रकम झिकिएको स्वयम उपभोक्ता समितीका सदस्यहरुले बताएका छन ।

स्थानिय ठेकेदार असलम आलमले उपभोक्ता समितीको नाममा जारी भएको चेक जफत गरी कार्यालय प्रमुख रुद्र नारायण दासको मिलोमतोमा सबै रकम झिकिएको बुझिएको छ ।

बर्षौदेखि फुसको छाप्रोमा बस्दै आएका गरिब परिवारलाई पक्की घरको प्रलोभन देखाई आफ्नो राजनीतिक दुनो सोझ्याउने राजनीतिक दलका नेतादेखि शहरी विकास तथा भवन कार्यालय प्रमुख एवं कर्मचारीहरुले गरिब परिवारको घर निर्माणको नाममा लुटतन्त्र नै मच्चाएका छन । नेपाल सरकारले गरिब परिवारकाहरुको घर निर्माणको लागि छुट्याएको बजेटमा बिचौलिया तथा कार्यालय प्रमुखको रजाई छ ।

यस कार्यक्रम अन्तर्गत निर्माण भइरहेको केहि घरहरुमा कमशल सामाग्री प्रयोग गरिएको समेत पाइएको छ । निर्माणको क्रममा कामै नलाग्ने ईट्टाको प्रयोग गरिएको छ भने बालुवाको मात्रा बढि हाल्ने गरेको तथा छडको प्रयोग नगर्ने गरेको पाइएको हो । ईटा उद्योगमा कामै नलाग्ने गरि छानिएका इँटाहरु ल्याएर ति घरमा प्रयोग गर्ने गरिएको छ भने एउटा छड लगाएर निर्माण कार्य हुँदैछ, त्यसमा पनि सिमेन्ट र बालुवाको मात्रा कम हालिएको कारण पर्खालहरु गुणस्तरहीन काम भइरहेको स्थानीयहरुको भनाई छ ।

कटी बलुवामा बन्दै गरेको उक्त घरहरु कमिशनको चलखेलले निर्माण कार्यमा कमशल सामाग्री प्रयोग भइरहेको स्थानीयहरुको आरोप रहेको छ । जनता आवास प्रदेश सरकारले प्रति घर निर्माण बापत ३ लाख ४० हजार रकम छुट्याएको छ तर जसरी घर निर्माण भइरहेको छ, उसको लागि बढिमा १ लाख ५० हजार हुन ।

घर निर्माण गर्न उभोक्ता समितिलाई जिम्मा दिइए पनि कार्यालय प्रमुखको सेटिंगका ठेकेदारले निर्माण कार्य गरि रहेको छ । उपभोक्ता समिति गठन गर्ने, पैसा मात्रै निकाल्ने तर काम चाँही ठेकेदारले गर्ने गरेको पाइएको छ । घर निर्माणका लागि तीन किस्तामा ३ लाख ३६ हजार उपलब्ध गराउँछ । जग खनेपछि पहिलो किस्ता १ लाख १७ हजार ६०० रुपैयाँ ९३५ प्रतिशत० र झ्यालको तहसम्म पुगेपछि दोस्रो किस्ता १ लाख ६८ हजार ९५० प्रतिशत० भुक्तानी दिने व्यवस्था गरेको छ । घर तयार भएपछि तेस्रो किस्तामा बाँकी १५ प्रतिशत ९५० हजार ४००० उपलब्ध गराइन्छ । लाभग्राहीले १० प्रतिशत योगदान गर्नुपर्छ ।

यस कार्यक्रम अन्तर्गत निर्माण भइरहेको घरहरु समयमा निर्माण हुन नसक्दा गरीब तथा दलित परिवारहरु विचल्लीमा परेका छन । फसको झुप्रीमा जीवन विताउँदै आएका गरीब ,दलित परिवारको पक्की घर निर्माण हुने भएपछि उनीहरुले आफ्नो घरलाई भत्काए । तर भएको भर पनि भत्काएपछि समयमा घर निर्माण हुन नसक्दा उनीहरुको बिच्चली भएको हो ।

यसबारे शहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख इन्जिनियर रुद्रनारायण दासले निर्माण कार्य उपभोक्ता समिति मार्फत भइरहेको र आफ्नो इन्जिनियर गएर बेलाबखत निरीक्षण गर्ने गरेको बताए । अधुरो घर निमार्ण गरी सबै घरको पैसा झिकिएको छ । निमार्ण भईरेहको घरमा निमार्ण सामाग्री पनि कमसल छ भने कार्यालय प्रमुख दाससंग गुनासो राख्दा उनले बेलाबखत आफनो ईन्जिनियले गएर निरीक्षण गरेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close