वीरगंज महानगरको बोर्ड बैठकमा जसपा र कांग्रेसका सदस्यहरु बिच कुटाकुट

वीरगंज,१६ भदौ

वीरगंज महानगरपालिकाको बोर्ड बैठकमा जसपा र कांग्रेसका सदस्यहरु बिच कुटाकुट भएको समाचार प्राप्त भएको छ।

वीरगंज महानगरपालिका कार्यालयको सभाकक्षमा बसेको बैठकमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेसका सदस्यहरु बिच कुटाकुट भएको हो ।

स्रोतका अनुसार महानगरपालिका प्रमुख राजेशमान सिंह र उपप्रमुख ईम्तियाज आलम कै अगाडी दुबै दलका सदस्यहरु बिच कुटाकुट भएको हो ।

कार्यपालिका सदस्यहरु बिच कुटाकुट अनियन्त्रित भएपछि बैठक अहिले एक घण्टाको लागी रोकिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close