मुआवजा सङ्घर्ष समितिको बैठक

तामागढी सिम्रौनगढ सहयोग तथा मुआवजा सङ्घर्ष समिति, बाराको भेला मङ्गलवार सिम्रौनगढ नगरपालिका–७ कङ्काली मन्दिर परिसरमा सम्पन्न भएको  छ ।

समितिका अध्यक्ष अनवर अन्सारीको अध्यक्षतामा भएको सो भेलाले तामागढी–सिम्रौनगढ सडकमा सयौं जग्गाधनीको जग्गा परेको तर विभिन्न मन्त्रालय र सम्बन्धित निकायमा बारम्बार मौखिक एवं लिखित माग गरे पनि हालसम्म जग्गाको मुआवजा नपाएकाले २६ गते कोल्हवीमा प्रदर्शन गर्ने निर्णय भएको उनले बताए ।

तामागढीदेखि सिम्रौनगढसम्ममा  ४०  किलोमिटरमा कोल्हवी नगरपालिका, बारागढी  गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका भएर गएको सडकमा लगभग एक हजार ८०० स्थानीयवासीको ७० बिघा जग्गा परेको जनाइएको छ ।

सडकमा परेका सबै स्थानीय मुआवजाको लागि सङ्घर्षरत रहेको अध्यक्ष अन्सारीले बताए । eprateeek

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close