५ किलो लागु औषध गांजा सहित वीरगंज बाट प्रहरीले एकजना महिलालाई पक्राउ

५ किलो लागु औषध गांजा सहित वीरगंज बाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ४० कि विधा देवी तिवारी रहेकी छिन।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी ईनर्वाले तिवारीलाई वीरगंज रक्शौल चल्ने अटो रिक्शा बाट शंकराचार्य गेट अगाडी बाट नियन्त्रणमा लिएको हो ।

वीरगंज बाट रक्शौल तर्फ गईरहेको उक्त अटो लाई रोकेर चेकजाच गर्दा प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ किलो लागुऔषध गांजा सहित तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

लागुऔषध गांजा सहित पक्राउ परेकी तिवारीलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको प्रहरी चौकी ईनर्वाले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close