आफैले पक्राउ गरेको ट्रक उपर के कार्वाही हुन्छ ? बेखबर छ पर्सा प्रहरी

सामानहरू फेला पारेकोले नियन्त्रणमा लिएको थियो । वीरगञ्जबाट रौतहटको गौरतर्फ जार्दै गरेको अवस्थामा वीरगञ्जको घण्टाघरबाट प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको थियो ।

वीरगञ्ज स्थित पशुपति रोड कैरियर ट्रासपोर्टबाट मालसमान लोड गरि गौर तर्फ पठाईएको उक्त ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा अनुसन्धानको लागि पथलैयामा बुझाइएको छ । उक्त ट्रकबाट ५५ लाख ६१ हजार ७६७ मूल्य बराबरको खुद्रा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको प्रहरी नायव उपरिक्षक गिरीले बताए ।

प्रहरीले चेकजाँच गर्दा विलविजक नभएका मालसामान सहित अनुसन्धान र कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको उक्त ट्रक र त्यसमा भएका मालसामानका वारेमा कस्तो कार्वाही भयो भनेर प्रहरीसँग कुनै सूचना नआउने प्रहरी नायव उपरिक्षक गिरीले बताए । म आएपछि अहिले सम्म राजश्व अनुसन्धान कार्यालयबाट कुनै सूचना पठाइएको छैन, प्रहरी नायव उपरिक्षक गिरीले भने, “अब देखि सूचना पाउँने गरी समन्वय गर्ने छौं ।”

राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत कृष्णप्रसाद पाण्डेले कार्यालयमा जनशक्तिको अभाव भएकोले सूचना सार्वजनिक गर्न नसकिएको बताए । थोरै जनशक्ति छ, नियन्त्रणमा लिएका गाडीको मालसामान चेकजाँच र त्यसका वारेमा अनुसन्धान गर्दा समय नै भ्याउदैन, पाण्डले भने ।

हिजो र आज पर्सा प्रहरीले पक्राउ गरेको ट्रकको सामानको वारेमा सामान चेकजाँच भइरहेको अनुसन्धान अधिकृत पाण्डेले जानकारी दिए । अनुसन्धानमा भएको विषय सार्वजनिक गर्न नमिल्ने भएकोले तत्काल सूचना दिन नसकिने अनुसन्धान उनको भनाई छ । प्रहरीले पठाएको गाडीमा भएको सामान र विलविजक चेकजाँच गर्दा ठिक अवस्था देखिए गाडी छोड्ने गरेको पाण्डेले बताए ।

उनका अनुसार नेपाली उत्पादन भए भ्याट सहितको विलविजकबाट छानविन गर्न सजिलो हुने तर भारत लगायत तेश्रो मूलुकबाट पैठारी भई आएको सामानको हकमा भंसार प्रज्ञापन पत्र सहितको कागजात हेर्नुपर्ने भएकोले समय लाग्ने अनुसन्धान अधिकृत पाण्डेको भनाई छ ।

उनले प्रहरीले समातेर बुझाएको सामान माथि के कार्वाही भयो भन्ने सूचना प्रहरी पाउन नसकेको बिषयमा राजश्व परामर्श समितिको बैठकमा छलफल गरेर सूचना साझेदारीको प्रभावकारी व्यवस्था मिलाईने बताए । racekhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close