प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता सुरु

राहुल कुमार गुप्ता 

वीरगंज, पर्सा

पर्सा जिल्लाको वीरगंजमा प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ।

वीरगंज महानगरपालिका नगर प्रमुख राजेसमान सिंह को प्रमुख अतिथ्यता तथा वीरगंज महानगरपालिका का
उप प्रमुख इम्तियाज आलम को विशिस्ट आतिथ्यतामा प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता
पर्साको ७ औं नकआउट क्रीकेट टुर्नामेन्ट खेलको उदघाटन गरियो ।

वीरगंज स्थित आदर्शनगर रंगशालामा आयाेजित प्रतियोगिताको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बवलिग्ङ गर्दै वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलमले बैटिग्ङ गर्दै ७ औं नकआउट क्रीकेट टुर्नामेन्ट खेलको उदघाटन उद्घाटन गर्दै मेयर सिंहले वीरगंजको पहिचान उच्च बनाउने गरी खेलाडीहरुको उत्पादन गर्नु पर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि विद्यालय स्तरबाटै हुने खेलले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै उदघाटन कै क्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलमले भने विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने बिरगंजका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई संघले निरन्तरता दिनु पर्छ। भने उनको भनाई थियो । नयाँ नयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त सङ्घले खुल्ला र संस्थागत खेलहरु आयोजना गर्नु पर्ने बताए।

मधेस विश्व विद्यालयका उपकुलपति डा.दिपक शाक्यले शैक्षिक पाठ्यक्रमका साथै अतिरिक्त कृयाकलापलाई पनि खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा परेको बताए ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले खेल क्षत्रले नै अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम चिनाएको बताउँदै गुप्ता ले भनेआगामी दिनमा देशको नाम उँचो राख्न सक्नेगरि मेहनत गर्न आग्रह गरे । साथै
आफुहरू जहिले पनि युवाहरूको साथमा रहेको बताउँदै दक्ष खेलाडी उत्पादन आफुहरूको प्राथमिकतामा रहेको बताए ।

प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका प्रमुख उमेश चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, हरिदेब खरेल लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रतियोगितामा सहभागि विद्यालयहरुले मार्च पास गरेका थिए । मार्चपासमा मस्कट एकेडेमी प्रथम हुन सफल भएको छ । सेन्ट जेभियर्स दोस्रो र एमइएस एकेडेमीले तृतीय स्थान हात पारेको छ ।

माघ१४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगंजका २५ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगिताको उद्घाटन खेल मनकामना मा.वि. र चिल्ड्रेन वल्र्डबीच भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close