नेपाल विद्यार्थी संघ पर्सा- काठमाडौ सम्पर्क समिति गठन

वीरगंज, पर्सा

नेपाल विद्यार्थी संघ पर्सा- काठमाडौ सम्पर्क समिति गठन भएको छ।

नेपाल ल क्याम्पसको सभाहलमा पर्सा जिल्लावाट काठमाडौमा उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुको समुहले नेपाल विद्यार्थी संघ पर्सा काठमाडौ सम्पर्क समिति गठन गरेका छन ।

वीरगंज महानगरपालिका वार्ड न.२५ बस्ने बिए.एल एल बि का विद्यार्थी सुदिप साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल बिधार्थी संघ का पुर्व विद्यार्थी नेता राकेश यादव र बिशिस्ट अतिथि नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष इ.रमेश यादव ,पर्सा मिलन केन्द्र काठमाडौ का सदस्य मो. औरन्जेब,जितेन्द्र चौधरी नेपाल बिधार्थी संघ का केन्द्रिय प्रतिनिधि तिर्थ मिश्रा,नेपाल बिधार्थी संघ का पुर्व उपाध्यक्ष शाबिर अन्सारी,नेता वाल्मीकि यादव लगायत पर्साका विभिन्न जिल्लावाट काठमाडौका विभिन्न क्लेजमा अध्यन रत विद्यार्थीहरुको भेलावाट सुदिप साहको अध्यक्षमा ३१ सदस्यीय नेपाल बिधार्थी संघ पर्सा काठमाडौ सम्पर्क समिति गठन गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close