राष्ट्रिय झन्डा जलाउने समुहको समर्थन गर्ने आङकाजी शेर्पालाई कार्वाही गर्न माग ।

बिरगंज , भदौ ०९ गते मंगलवार ।

केहि दिन अगाडि मंगोल नेशनल हब युट्युबबाट दोर्जे तामाङ र उनका साथीहरुले सामाजिक सद्भभाव भड्किने खाल्का गीत गाउँदै राष्ट्रिय झण्डा जलाएका थिए ।

उनीहरु विरुद्ध कार्यवाहिको माग गर्दै नेपालका बिभिन्न संघ सस्था र देशभक्त जनताले विरोध समेत गरेका थिए । त्यसको केहि समयपछि नै दोर्जे तामाङ लगायत उनका ९ जना साथीहरु पनि गिरफ्तार भए।

त्यस लगतै मिडियामा सार्वजानिक हुँदै नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव एवं जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका आङकाजी शेर्पाले उक्त राष्ट्रिय झण्डा जलाउने दोर्जे तामाङका समुहलाई समर्थन गरेका थिए ।

राष्ट्र र राष्ट्रियता भन्दा ठूलो अरु केहि पनि हुँदैन । नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो । हामी सबै नेपाली दाजुभाई एक हौँ।यहाँ सामाजिक , जातिय र धार्मिक सद्भभाव खलबलाउने अधिकार कसैलाई पनि छैन । यदि कसैले भड्काउँछ भने त्यो देशद्रोहि हो । यस्ता देशद्रोहीलाई समय मै कानुनी कठघरामा ल्याई हदैसम्मको कारवाही गर्न नेपाल सरकार सङ्ग आग्रह गर्दछौँ । राष्ट्र–प्रेमी नेता कार्यकर्ताहरुले समेत यस्ता मानसिकता भएका व्यक्तिहरुको पूर्ण बहिष्कार गर्नु पर्दछ ।

एकजना गलत सोँच भएका जनजातिका कारणले सम्पूर्ण जनजाति समुदाय लज्जित हुनुपरेको अवस्था समेत रहेको छ । जनजाती समुदायको प्रतिष्ठामा समेत आँच आउने किसिमको उछृंखल कार्य गरेका यि आङकाजी शेर्पालाई सम्पूर्ण आदिवासी जनजाती वर्गले आ–आफ्नो स्तरबाट बहिष्कार गरी राष्ट्रिय एकता अखण्डता बलियो बनाउन अगाडी आउनै पर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close