पर्सा बहिरा संघको १२ औं साधारणसभा तथा बहिरा अपाङ्गता नागरिक अभिभावकहरुलाई सान्केतिक भाषा सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ।

बिरगंज , माघ १० गते मंगलवार ।

“बहिरा नागरिकको अधिकार सांकेतिक भाषामा सञ्चार ” भन्ने नाराको साथ मंगलबार पर्सा बहिरा संघको १२ औं साधारण सभा सम्पन्न भएको छ । बहिरा अपाङ्गता नागरिकका अभिभावकहरुलाई साङ्केतिक भाषा सम्बन्धी जनचेतना तथा १२ औं साधारण सभा आज सम्पन्न भएको हो । बहिरा संघ पर्साको आयोजनामा र वीरगन्ज महानगरपालिकाको सहयोगमा सम्पन्न सभाको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्णले पर्सा बहिरा संघले विद्यार्थीहरुमा खेलेको भूमिकाको बारेमा प्रकाश पारेका थिए।

उनले बहिरा संघको सहकार्यमा देशमै पहि विद्यालयको स्थापना वीरगन्ज महानगरपालिकाले गरेको बताए। प्रमुख अतिथि कर्णले कार्यक्रमको सफलताको शुभकामना गर्दै आउने दिनहरुमा अझ थप सेवा सुविधाहरु थप्दै यो विद्यालयलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । अहिले सो विद्यालयमा ४० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन ।

उनीहरूको पठन पाठन लगायतका सेवा सुविधाहरुमा अरू संघ, संस्थाहरू पनि सहयोग गर्नका निमित्त पर्सा बहिरा संघका अध्यक्ष सगुन श्रेष्ठले आग्रह गरे। उनले विद्यार्थीले मात्र कुरा बुझेर नभई उनका अभिभावकज्यूहरु पनि सांकेतिक भाषाहरू बुझ्न एकदमै जरुरी रहेको बताए। कार्यक्रममा राष्ट्रिय बहिरा महासंघका संघीय कोषाध्यक्ष कुमार रेग्मीले समुदायका हरेक व्यक्तिले यस विषयप्रति बढी संवेदनशील हुन आग्रह गरे । उनले जन्म देखि नै बहिरा भएका बच्चाहरूलाई विभिन्न माध्यमले शिक्षा दिन सक्ने हुनाले यस्ता विद्यालयमा आफ्ना बच्चाहरूलाई पढन पठाउन अनुरोध गरे ।

साथै उनले वीरगन्ज महानगरपालिका र बहिरा संघलाई धन्यबाद दिदै केन्द्रीय कमिटीको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष हिरा गिरी , सञ्चारकर्मी अजित भुजेल, विद्यालय व्यवस्थापन समितिका सदस्य सरिता देवी, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिल्ली राज सापकोटा, नेपाल टेलिभिजनका बिजय महतो,रेडक्रस सोसाइटीका दिनानाथ रौनियार , मारवाडी महिला मञ्च बिरगंजका अध्यक्ष पिंकि कनोडिया , बिधालयका छात्रछात्राहरु तथा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन बहिरा स्कुलका दोभासे टिचर अर्चना कर्णले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close