नेकपा (एमाले) बाट वडा नं. १० का अध्यक्ष पदका प्रत्यासी अजय गुप्ताको पहलमा वडा ३ करोडको बजेट बिनियोजन

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा संघीय सांसद निर्मला देवकोटाले आगामी आर्थिक वर्षको बजेटमा बीरगन्ज महानगरपालिका–१० मा सडक र नाला निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गराउनुभएको छ।

वडा नं. १० का स्थानीयवासीको तर्फबाट सो क्षेत्रका पूर्वाधार विकासका लागि विनियोजित बजेटप्रति हार्दिक आभार व्यक्त गरिएको छ। विशेषगरी, नेकपा (एमाले) बाट वडा नं. १० का अध्यक्ष पदका प्रत्यासी अजय गुप्ताको सक्रिय पहल र निरन्तर प्रयासमा सो बजेट सुनिश्चित भएको बताइएको छ।

स्थानीयवासीले सांसद देवकोटाको यस महत्वपूर्ण योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस प्रकारको सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्। विकास निर्माणका कामहरू शीघ्र सुरु भई जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा समेत गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close