राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले माघ २९ गते घण्टाघर चौकमा आम सभा गर्ने

वीरगंज,पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ले यहि आउदो माघ २९ गते घण्टाघर चौकमा आम सभा गर्ने भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको तदर्थ समितिको बसेको बैठकले माघ २९ गते आइतबार का दिन पार्टी को सिद्धान्त र निति अनुकुल संविधानिक हिन्दू राष्ट्र र संविधानिक राजसंस्था सहितको प्रजातन्त्र र पार्टी को अझ सुदृढीकरण को निमित्त आन्दोलन कै रुपमा पार्टी लाइ अगाडि बढाउन को निमित्त आम सभा गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका तर्दथ समितिका अध्यक्ष बाबुलाल शर्माले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को तदर्थ समिति को अध्यक्ष बाबुलाल शर्माको अध्यक्षतामा बसेको बैठक मा पार्टी का पुर्ब केन्द्रीय सदस्य विश्वनाथ साह तेली,पुर्व केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसिया , पार्टी का जिल्ला उपाध्यक्ष राजेस कुमार गुप्ता, पार्टी का जिल्ला सचिव पवन प्रसाद साह, पार्टी का जिल्ला सदस्य उदित सहनी, कल्याण बहादुर हाडा दिपनारायण यादव,रौसन कुमार यादव,शिवबचन यादव, दलित आयोग को केन्द्रिय सदस्य जमुना पासवान लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close