नेपाल विद्यार्थी संघ पर्सा द्वारा हरिखेतान बहुमुखी क्याम्पस इकाई समिति गठन।

बिरगंजमा रहेको हरिखेतान बहुमुखी क्याम्पसमा आज नेपाल विद्यार्थी संघले इकाइ समिति गठन गरेको छ। हरिखेतान बहुमुखी क्याम्पस सभा-हलमा बि.ए पहिलो वर्षमा अध्ययनरतका विद्यार्थी सुरज यादवको अध्यक्षतामा २१ सदस्यीय इकाई समिति गठन गरिए को छ ।

त्यस्तै उपाध्यक्षमा इरसाद आलम, सरफराज आलम, सुरज चौरसिया, फिजा अर्फात खातुन, स्लोक दास रहेका छन भने सचीवमा सृजना रौनियार,आयुस यादव सह-सचिवमा आकस साह, सुधा यादव,सलोनी श्रीवास्तव,अनिस अहमद गदि रहेका छन ।कोषाध्यक्षमा सबिना खातुन रहेकी छिन भने सदस्यमा राम बिनय चौरसिया, जलिन्द्र प्र साह,अर्साद अन्सारी,पुस्पान्जली साह, वोलिमा खातुन, मोफिया खातुन, राहुल यादव रहेका छन।

ने.बि संघका केन्द्रिय प्रतिनिधि सुरज सेजुवालको बिशेष पहल तथा अध्यक्षतामा समिति गठन भएको छ।केन्द्रिय
प्रतिनिधि सुरज सेजुवालले अबको स्वतन्त्र विद्यार्थी युनियनको आउनै लागेको चुनावको मध्यनजर गर्दै ने बि सघ ले हरेको शिक्षण सस्थामा संगठन बिस्तार गर्दै जाने बताए ।

अहिले संगठन विस्तारका लागि स्कुल,क्याम्पस लगायत जिल्लाभरको हरेक शैक्षिक संस्थामा गइ संगठन बारे बिचार स्पष्ट रुपमा राख्न जरुरी रहेको उनले बताए।

आज भएको उक्त कार्यक्रममा बिशेष उपस्थितिमा नेवि संघ पर्साका अध्यक्ष इ.रमेश यादव, नेवि संघका , नेवि संघ पर्साका पुर्व उपाध्यक्ष साबिर हुसैन, ठाकुर राम कलेज का विद्यार्थी नेता बिकास मन्डल, सुधान्सु चौरसिया, पवन पटेल, नेवि संघ छिपहरमाइ गा.पा. अध्यक्ष प्रवेज गदिको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close