
बिरगंजका उप-मेयर आलम द्वारा नेपाल बार एसोसिएसन पर्सा अध्यक्ष सम्मानित हालै सम्पन्न भएको नेपाल बार एसोसिएसनको चुनावमा पर्सा जिल्ला अध्यक्षमा विजय भएका कमल पोखरेललाई बिरगंज महानगरका उप-मेयर इम्तियाज आलमले सम्मान गर्नु भएको छ।
वीरगञ्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले आफ्नो कार्यकक्षमा एक कार्यक्रमका बिच अध्यक्ष नेपाल बार दोसल्ला ओढाइ सम्मानित गर्नु भएको छ । उप-मेयर आलमले अध्यक्ष पोखरेललाई शुभकामना दिदै बार एसोसिएसनले आम जनता निम्ति निस्पक्ष भावले काम गर्न सुझाव दिनु भएको छ।
आज भएको सम्मान कार्यक्रममा वीरगंज महानगरपालिकाका उप-मेयरका स्वकिय सचिव शेष हजरा,नेपाली कांग्रेस पर्साको प्रदेश नं १ को सभापति अनिल सिंह,वडा नं १६ का प्रत्यासी उम्मेदवार मनोज जैसवाल लगायतका ब्यक्ती हरुको उपस्थिति रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




