भोटेकोशी बाढीपीडितका लागि मारवाडी सेवा केन्द्रको राहत, प्रधानमन्त्री कोषमा ४ लाख १ हजार १११ रुपैयाँ जम्मा

भोटेकोशी बाढीपीडितका लागि मारवाडी सेवा केन्द्रको राहत, प्रधानमन्त्री कोषमा ४ लाख १ हजार १११ रुपैयाँ जम्मा

चितवन । भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित महाविपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि मारवाडी सेवा केन्द्र नारायणगढले आर्थिक सहयोग गरेको छ।

सेवा केन्द्रले आफ्ना सदस्यहरूबाट रकम संकलन गरी रु. ४ लाख १ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकम ग्लोबल आइएमई बैंकमा रहेको कोषको खातामा जम्मा गरिएको सेवा केन्द्रले जनाएको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मारवाडी सेवा केन्द्र नारायणगढले जनाएको छ।

सेवा केन्द्रका अध्यक्ष पंकज अग्रवालले भोटेकोशी बाढीबाट धेरै नागरिक गम्भीर संकट र पीडामा परेको भन्दै विपद्को यस कठिन घडीमा सहयोग गर्नु मानवीय दायित्व भएको बताए।

“भोटेकोशीको बाढीले निम्त्याएको यो महाविपत्तिमा हाम्रा धेरै दाजुभाइ तथा दिदीबहिनीहरू गम्भीर संकट र पीडामा हुनुहुन्छ। यस्तो बेला उहाँहरूको घाउमा सानो भए पनि मलम लगाउनु हाम्रो परम मानवीय धर्म हो,” अध्यक्ष अग्रवालले भने।

उनले समाजमा आइपर्ने हरेक सुख–दुःखमा मारवाडी सेवा केन्द्र अग्रपंक्तिमा रहेर सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

सामाजिक तथा परोपकारी कार्यमा निरन्तर सक्रिय रहँदै आएको सेवा केन्द्रले आगामी दिनमा पनि विपद् तथा मानवीय संकटका समयमा राहत र सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close