
वीरगंज,पर्सा
गहु लोड रहेको पिकअप पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
Online VCTS तथा आवश्यक पर्ने कागजातहरू बिनाको गहु लोड रहेको पिकअप गाडी चितवनतर्फ जादैँ गरेको छ भन्ने सूचना प्राप्त लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नं. २ स्थित हुलाकी सडकखण्डबाट ना.५ ख ६३११ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा Online VCTS विल तथा अन्य चाहिने आवश्यक कागजातहरू साथ नरहेको हुँदा सो गाडीमा लोड रहेको ५० के.जी.को प्रतिबोरा जम्मा १८५ बोरा गरी जम्मा ९२५० के.जी. गहु अ.मु.रू.३,२३,७५० ।-(तिन लाख तेइस हजार सात सय पचास) बराबरको गहु नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएको गहु तथा उल्लेखित नम्बरको पिकअप गाडी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।





