
वीरगंज , पर्सा
सिर्सिया नदी प्रदूषण नियन्त्रणका संयोजक तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम एक्सनमा आइ ५ वटा उद्योग लाई कारबाही गरी १५ लाख रुपैयाँ जरिवाना गरेका छन्।
वीरगंज महानगरपालिकाले वीरगंज-पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले जरिवाना गरेको छ।
महानगरले वीरगंज महानगरपालिका-२१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई जरिवाना गरेको छ।
नदी प्रदूषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्राचार गर्दै ७ दिनभित्र जरिवानामा तोकिएको रकम महानगरपालिका को कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए।
७ दिनभित्र जरिवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार ती उद्योगहरू विरुद्ध थप कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको पत्रमा उल्लेख छ।
महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताए।
यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरूबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १/१ हजार रुपैया जरिवाना तिराएको थियो।
करिब तीन दशकदेखि प्रदूषणको चपेटामा परेको वीरगंज सहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यता अभियान चलाइरहेको छ।
उक्त अभियान अन्तर्गत नै महानगरले उप प्रमुख को इम्तियाज आलम को संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको थियो।
साथै वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले प्रहार डेली डटकम सँग भने सबभन्दा बढी ३०००००/-तिन लाख रुपैयाँ जरिवाना तिराउने यो पहिलो चोटी हो र अब सिर्सिया नदि को छेउछाउमा रहेको सम्पुर्ण उधोगहरुमा अनुगमन गर्ने र फोहोर पानी नदिमा छोडने उधोगहरु लाइ कानुनि दायरामा लयाइ कानुनी कारबाही गर्ने महानगर उप प्रमुख आलम ले बताए।
अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर ( रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु ) सिधै नदीमा फाल्दै आएको भेटिएको थियो।
त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो। त्यहि निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदी प्रदूषण नगर्न चेतावनी पनि दिएको थियो।
उनले भने,‘ सिर्सिया नदी वीरगन्ज सहरकै लाइफ लाइन हो, त्यसका कारण यो नदीलाई प्रदूषित बनाउने जोसुकै होस् उसविरुद्ध महानगरले कारबाही गर्छ, नदीलाई प्रदूषणमुक्त बनाउने अभियान अब रोकिँदैन।
उनले अनुगमन जारी रहने र नदीलाई प्रदूषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि बताए।
बाराको सिमराभन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी पर्साको वीरगंज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ।




