त्रिवि कर्मचारी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई द्वारा ठा.रा.ब. क्याम्पसमा तालाबन्दी

वीरगंज, पर्सा

त्रिवि कर्मचारी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई द्वारा ठा.रा.ब. क्याम्पसमा तालाबन्दी गरेको हो।

ठाकुर राम बहुमुखी क्याम्पसमा बिद्यार्थी सङ्गठनहरु द्वारा पटक पटकको तालाबन्दीले गर्दा क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्कदै गएको विद्यार्थीहरुले यस अधि गरेका तालाबन्दीले गर्दा कर्मचारीहरुले हाल सम्म तलब समेत नपाएको तथा कर्मचारीहरुले काम गर्ने माहोल नरहेकोले समस्याहरु समाधान गर्ने तर्फ क्याम्पस प्रशासनले ध्यान नदिएकोले सोको विरुद्धमा त्रिवि कर्मचारी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष किशोरी प्रसाद चौधरीको नेतृत्व लगायत ९/१० जना कर्मचारीहरुको उपस्थितिमा क्याम्पसका निम्न शाखाहरु जस्तै सहायक क्याम्पस प्रमुख शाखा,सुचना प्रविधि शाखा,सामान्य प्रशासन तथा स्टोर शाखा,कर्मचारी प्रशासन शाखा,आर्थिक प्रशासन शाखा,स्नातकोत्तर कार्यालय,बिद्यार्थी कल्याण तथा खेलकुद शाखा,पुस्तकालय प्रसासन भवन ,पिजि विभागमा तालाबन्दी गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close