
राहुल गुप्ता
वीरगंज, पर्सा
विल विजक भन्दा बढी कपडा लगायतका समानहरु लोड रहेको ट्रक वडा प्रहरी कार्यालय बिर्ता ले नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय,बिर्ता बाट विशेष सूचनाको आधारमा खटिएका प्रहरी ले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा लगायतका मालबस्तुहरू बोकेको एउटा मालबाहक ट्रक बा.प्र.०३-००१ ख ०३३२ को ट्रक हेटौडा तर्फ लादै गरेको ट्रक लाइ वीरगंज स्थित घण्टाघर चौकमा मा चेकजाच गर्दा केहि बिलबिजकमा VCTS नपाइएको तथा बिल बमोजिम VCTS नकाटेको पाइएकोले उक्त ट्रक लाइ नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए।
नियन्त्रणमा लिएको ट्रकमा लोड रहेका अं.मुल्य रु. ३६,३४,७१७ (छतिस लाख चौतिस हजार सात सय सत्र) बराबरको कपडा लगायतका बिभिन्न समानहरु अं. मुल्य रु.१६,००,०००/- (सोह्र लाख) बराबरको बा.प्र. ०३-००१ ख ०३३२ नम्बरको ट्रक समेत गरी जम्मा मुल्यरु५२,३४,७९७.२८/- (बाउन्न लाख चौतिस
हजार सात सय सत्र मात्र) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको बिभिन्न माल समानहरु आजै आवस्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए ।




