
वीरगंज, पर्सा
समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान शिर्षकमा वीरगंज महानगरपालिका द्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
वीरगंज महानगर स्थित त्रिजुद्ध.म.प्र.र.मा.वि.बिर्तामा वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा द्धारा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताबाट प्रथम अलपाइन स्कुल कि निसा पटेल लाइ नगद रु १५००/- दोस्रो त्रिजुद्ध.म.प्र.र.मा.वि.बिर्ता स्कुल का दृष्टि विहिन कन्हैया साह लाइ नगद रु १०,०००/-,तेस्रो सनलाइट स्कुल कि प्रतिभा काफले लाइ नगद रु ५,०००/- जनहि कार्यक्रम का प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले पुरस्कार वितरण गरेका थिए।
पुरस्कार वितरण गर्दै वीरगंज महानगर उप प्रमुख आलम ले भने तपाइहरु अज ध्यान लगाएर पढनु राम्ररी बन्नु बिधालय, प्रधानाध्यापक,शिक्षक,शिक्षिका,तथा आफनो बुवा, आमाको को नाम रोसन गर्नु मेरो तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ भनि आफना भनाई व्यक्त गरेका थिए।
उक्त कार्यक्रम वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि वीरगंज महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, वीरगंज महानगरपालिका का शिक्षा प्रमुख अरविन्दलाल करण को उपस्थिति रहेको थियो।




