
वीरगंज, पर्सा
नेपाली कांग्रेस द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वर्तमान अवस्थामा रगतको बढदो मागलाई मध्यनजर गर्दै नेपाली कांग्रेस वार्ड नं ८ को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त रक्तदान कार्यक्रममा ३ जना महिला र ४९ जना पुरुष सहित ५२ जना ले रक्तदान गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा रक्तदान गरेका व्यक्तिहरू लाइ प्रमुख अतिथि जनार्दन सिंह क्षेत्री बिशिष्ट अतिथि सबिधान सभा सदस्य अनिल रुंगटा, अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख तथा नेपाली कांग्रेसका पर्सा का जिल्ला सचिव इमतियाज आलम, कार्यक्रम का आयोजक नेपाली कांग्रेस पर्सा का युवा नेता रबिन्द्र ठाकुर द्वारा हस्ताक्षरित प्रमाण पत्र वितरण गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा मधेस प्रदेशका प्रदेस सभा सदस्य तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री मनतव्यको क्रममा भने रक्तदान गर्नु स्वभाविक हो रक्तदान गर्दा शरिर स्वास्थ्य रहुनु तन्दरुस्त रहने हो।
मनत्वय कै क्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले भने रक्तदान भनेको जिवन दान हो रक्तदान बिना व्यक्तिको मृत्यु हुनसक्छ त्यहि भएर रक्तदान गर्नु जिवन दान गर्नु बराबर हो।
सबिधान सभा सदस्य अनिल रुंगटाले मनत्वय को क्रममा भने तिन/तिन महिनामा रक्तदान गर्नु पर्छ किनकि तिन महिनामा कुनै पनि व्यक्तिको रगत चेनज भएर पुनं रगत तयार हुन्छ त्यहि भएर रक्तदान तिन/तिन महिनाम गर्नु पर्छ बताए।
उक्त रक्तदान कार्यक्रम नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्रीको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथी संविधान सभा सदस्य अनिल रुगटा,अतिथी वीरगंज महानगरपालिकाका उप-प्रमुख तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम,क्षेत्र नं.२ का क्षेत्रीय सभापति मो.सह्बुदिन,प्रदेश सभा सदस्य श्याम पटेल,नेपाली कांग्रेस पर्साबका पुर्ब उपसभापति दिनानाथ गुप्ता, नेपाली कांग्रेस क्षेत्र नं.१ को “ख” प्रदेश सभापति अनिल सिंह,वीरगंज वाड नं.०४ का वडा अध्यक्ष जगत साह कानु,नेपाली कांग्रेस वीरगंज महानगरपालिकाका सचिव श्याम पटेल,समाजसेवी तथा युवा नेता सुधिर पटेल,नेपाली कांग्रेसका नेता भैयाराम पटेल,बाबुनन्द पटेल,जे.पी.ठाकुर,राहुल गुप्ता लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण सन्तोष सिंहले गरेका थिए।




