ईलाका प्रहरी कार्यालय छपकैयाको आयोजनामा खुल्ला रक्तदान

वीरंगंज, पर्सा

ईलाका प्रहरी कार्यालय छपकैयाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिकामा अवस्थित ईलाका प्रहरी कार्यालय छपकैयाको आयोजनामा खुल्ला रक्तदान भएको हो।

खुल्ला रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुले उच्च मनोबल र उत्साहको रक्तदान जिवन दान भन्ने मुल नाराका साथ १०० जना युवाहरुले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रम जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरि को प्रमुख अतिथियतामा भएको कार्यक्रममा विशिष्ट अतिथि वडा प्रहरी कार्यालयका विर्ता का प्रहरी निरीक्षक बिदुर सिवाकोटी वीरगंज महानगरपालिका का वार्ड न १ का वडा अध्यक्ष, सशस्त्र प्रहरी वेस क्याम्पका प्रहरी निरीक्षक, स्थानीय तहका प्रतिनिधि, स्थानिय क्लबका साथीहरू, नेपाल रेडक्रस सोसाइटीका सदस्यहरु, स्थनिय युवाहरु को उपस्थिति रहेको थियो।

साथै नेपाल रेडक्रस सोसाइटी पर्सा लाई ११०००/- एघार हजारको चेक हस्तान्तरण गरी सन्जु साहले सहयोग गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close