
वीरगंज, जेष्ठ ११ गते बिहीबार ।
आदिवासी जनजाती तथा पिछडा वर्गहरुको सिपमुलक डल तथा कुशन बनाउने तालिम वीरगंज महानगरपालिका वडा नं २ छपकैयामा आज देखि एक कार्यक्रमका बिच सुरु भएको छ।
डल तथा कुशन बनाउने तालिमको उद्घाटन वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले गमलामा पानि हालेर तालिमको उद्घाटन गरेका थिए।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बिरगंज महानगर पालिकाका उप-प्रमुख आलमले भने आज जेष्ठ ११ गते देखी असाढ ८ गते सम्म हुने तालिममा सहभागी भएका सम्पूर्ण तालिम लिने दिदिबहिनीहरुलाई इच्छा पुर्बक मन लगाएर सिक्न र सिकेको सिपलाइ सकेसम्म व्यवसायमा रुपान्तरण गर्न तर्फ लाग्न आग्रह गरेका थिए। सिपसिकेर आयआर्जन हुने हुदा दुई पैसाको लागि घरपरिवारको मुख ताक्न नपर्ने र आफ्नो बालबच्चाहरुको आवस्यक खर्च समेत यसबाट चल्ने भएकोले तपाई ध्यानपुर्वक सिक्न र सफलताको समेत सुभ कामना दिनु भएको थियो ।
वीरगंज महानगरपालिका पर्साको सहयोग तथा ग्लोबल फाउण्डेशन नेपाल प्रा.लि.को आयोजनामा आज देखि(१)एक महिना सम्म डल तथा कुशन बनाउने तालिममा ३५ जनाको सहभागिता रहेको छ।
उक्त तालिम उद्घाटन कार्यक्रम ग्लोबल फाउण्डेशन नेपाल प्रा.लि.को अध्यक्ष अवधेश प्रसाद साहको सभापतित्व तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथियतामा भएको कार्यक्रममा विशिष्ट अतिथि वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया, वीरगंज महानगरपालिकाका सामजिक विकास महाशाखाका प्रमुख राजिव गिरी, अतिथि वीरगंज महानगरपालिका का वडा नं २ का वडा सदस्य वसिर मिया हजाम अब्दुल लतिफ अन्सारी , ,संगीत थापा भुजेल ,रम्भा देबी,वडा सचिव काशिम शेख, संचारकर्मी अजित भुजेल , उपप्रमुखका स्वकिय सचिब शेष हजरा , शेराज अन्सारी , कमल महतो , लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य अब्दुल कैशले र कार्यक्रम सन्चालन अफरोज आलमले गर्नु भएको थियो ।




