
निजगढ (बारा) – निजगढ नगरपालिका–१० लालकी चेली दिपिका साह अभिनित तीज विशेष गीत ‘जोर मादल’ सार्वजनिक भएको छ। साह युवा संघ नेपालकी केन्द्रीय सदस्य तथा बारा इन्चार्ज समेत हुन्।
गीत सोमबार दिपक केसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस गीतमा साहले मुख्य भूमिका निर्वाह गरेकी छिन्।
गीतको निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन् भने यस वर्षको तीज पर्वलाई लक्षित गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएसँगै दिपिका साहको सामाजिक सञ्जालमा प्रशंसा र बधाईको ओइरो लागेको छ। धेरैले उनलाई कला क्षेत्रमा पाइला टेकेकोमा स्वागत गरेका छन्।
तर दिपिका भन्छिन् –
“कलाकारिता मेरो पेशा होइन। म पेशाले राजनीति क्षेत्रमा सक्रिय छु र पत्रकारिता विषयमा अध्ययन गरेकी हुँ। त्यसैले मिडिया सँगको सम्बन्ध पहिलेबाटै छ।”
साहले आफ्नो मिडिया यात्रा नेपाल वान टेलिभिजनको ‘सवाल परिवर्तन’ कार्यक्रमबाट सुरु गरेकी हुन्। उनी ‘मिस ई-कलेज’ हुँदै सार्वजनिक जीवनमा प्रवेश गरेकी थिइन्। उनले यो गीतमा अभिनय आफ्नै दाइको प्रस्तावमा स्वीकृति दिएको खुलासा गरेकी छिन्।
“यसपालिको तीजमा सबैले ‘जोर मादल’ गीत हेर्नुहोस्, सुन्नुहोस् र एकपल्ट भए पनि नाचेर साथ दिनुहोस्,” – दिपिकाको आग्रह।
गीतको प्राविधिक पक्ष:
शब्द / संगीत: किरण गुरुङ
स्वर: लक्ष्मी परियार, दिपक के.सी
संगीत संयोजन, मिक्सिङ, मास्टरिङ: हेमराज डाँगी
अडियो/भिडियो: दिपक के.सी
कोरियोग्राफी / निर्देशन: दिनेश सिंह ठकुरी
छायांकन र सम्पादन: सरोज शाही
सह-निर्देशक: सुवास गौतम
अभिनय: दिपिका साह, दिपक के.सी, दिपिका अधिकारी




