
वीरगंज, पर्सा
मधेशी एशोशिएशन अफ अमेरिकाको अध्यक्षमा डा.संगीत रौनियार सर्बसम्मत चयन भएका हुन्।
फिलाडेल्फिया,अमेरिका-मधेशी एशोशिएशन अफ अमेरिका को पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा आइतवार सम्पन्न अधिवेशनले डा.संगीत रौनियारको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । २९ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मनोज सिंह र महासचिवमा श्रीमती शाही साह निर्विरोध भएका छन्। आठ जना उपाध्यक्ष रहेको कार्यसिमतिको कार्यकाल दुई वर्षको हुनेछ। अध्यक्षमा निर्विरोध डा. रौनियार संस्थापक महासचिव तथा निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन्। हाल अमेरिकाको टेक्सास निवासी डा.रौनियार पेशाले स्टक्चर इन्जिनियर हुन्।
नेपालको सप्तरी जिल्ला पत्तेपुरका डा.रौनियार एक दशकभन्दा बढी समयदेखि अमेरिकामा छन्। नेपालमा पुल्चोक इन्जिनयरिङ्गबाट ब्याचलर गरेका रौनियारले मास्टर्स र पीएचडी अमेरिकाको युनिभर्सिटी अफ टेक्सास आलेन्टनबाट गरेका हुन् । संस्था का प्रवाक्ता सुभाष कुमार बैठा अनुसार अमेरिका स्थित नेपाली हरूको संस्था एन आर एन ए पछी को सब भन्दा ठुलो संस्था जसको २१ राज्य मा स्थानीय च्यापटर हरू रहेका छन । जुन मइ २८ मा नया कार्य समिति सबै को सर्व सहमति मा यस प्रकार गठन गरियो।
मधेश एशोशिएशन अफ अमेरिकाको केन्द्रीय समिति – २०२३-२०२५ अध्यक्ष- डा. संगीत रौनियार वरिष्ठ उपाध्यक्ष–श्री मनोज सिंह,उपाध्यक्ष–दिनेश शाह,डा शोभा मण्डल,धर्मेन्द्र झा, चेतनारायण यादव,नवीन शाह,जय शाह,प्रमोद गुप्ता,सुरज नायक,महासचिव-श्रीमती शाही साह,सचिव-प्रकाश भाइ मधेशिया,कोषाध्यक्ष-मोहम्मद रफीद,संयुक्त कोष –प्रमोद रे,प्रवक्ताः सुभाष कुमार बैठा मिडिया संयोजक–सञ्जय वर्मा,सहायक मिडिया संयोजक : उपेन्द्र साह,महिला संयोजक:श्रीमती पिंकी यादव,सदस्यहरू:दिपेन्द्र के भगत,कमनोरमा साह ,शम्भु यादव,रामेश्वर चौधरी,सन्तोष यादव,अजय यादव,मुकेश यादव,प्रमोद साह,विनोद शाह,पूर्णिमा जयसवाल,रोशन नायक जुन कार्यक्रममा अमेरिकाको लगभग २१ राज्य बाट प्रतिनिधिहरू को सहभागिताको साथै समाजिक, राजनीतिक, व्यापारिक ,बुद्धिजिवी अभियंताका साथ स्थानीयहरूको बाक्लो उपस्थिती रहेको थियो ।
अमेरिका जस्तो व्यस्त ठाउमा पनि लगभग ४०० सयको जन सहभागिताको हराहारीमा भएको सो कार्यक्रममा समाजमा जुन पनि दृष्टिकोणले योगदान पुरयाएकाहरू लाई पुरूषकृत गर्नु का साथै मधेश र मधेसी संग सम्बन्धित कला संस्कृतिको पनि राम्रो प्रस्तुति गरिएको थियो।