तीन महिना ढिलो गरी बहुदरमाई नगरपालिकाले ल्यायो बजेट

तीन महिना ढिलो गरी बहुदरमाई नगरपालिकाले ल्यायो बजेट

बहुदरमाई बासीको रहर, स्वच्छ सुन्दर सुरक्षित समृद्ध नगर’ भन्ने नाराका साथ चालु आर्थिक वर्ष ०८१/८२ का लागि ४९ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। ११ औ नगरसभामा उपमेयर सुष्मा कुशवाहाले चालु आर्थिक वर्र्ष २०८१/०८२ को लागि ४९ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।

उक्त बजेटमा संघीय सरकार समानिकरण अनुदानतर्फ १२ करोड २९ लाख,संघीय सरकार सर्शत अनुदानतर्फ १९ करोड २९ लाख ९ हजार,संघीय सरकार विशेष अनुदानतर्फ १ करोड ५० लाख,संघीय राजस्व बाँडफाटतर्फ ९ करोड ७१ लख,प्रदेश सरकार समानिकरण अनुदानतर्फ ८९ लाख ४ लाख,प्रदेश सरकार सर्शत अनुदानतर्फ ९५ लाख ,प्रदेश सरकार विशेष अनुदानतर्फ ३० लाख,प्रदेश सरकार समपुरक अनुदानतर्फ २० लाख,प्रदेश सरकार राजस्व बाँडफाटमा ३० लाख ४० हजार र आन्तरिक स्रोततर्फ ३ करोड ५४ लाख ६० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ।

बजेट नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ, कृषि, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धन,उद्यमशीलता, रोजगारीलगायतमा जोड दिइएको छ प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले बताए ।

आर्थिक वर्ष शुरु भएको लामो समयसम्म पनि जनप्रतिनिधिबीचको विवाद र बजेट बाँडफाँटको विषयलाई लिएर पटक–पटक नगरसभा स्थगित हुँदै आएको थियो।

बजेट नआउँदा नगरपालिकाका कर्मचारीहरुले चाडपर्वमा समेत तलबभता पाएका थिएनन्। पालिकामा हुने विकास निर्माणका कामहरुसमेत ठप्प रहेको थियो। स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय पालिकाले असार मसान्तसम्ममा बजेट ल्याइसक्नुपर्ने प्रावधान छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close