
बिरगंज , जेष्ठ १८ गते बिहीबार ।
बिरगंज महानगर पालिका भित्र रहेका बिजुलीको पोलहरुमा जथाभावी अव्यवस्थित तार हटाउने कार्य सुरु भएको छ । गर्मीको कारण आगलागी हुन सक्ने भएको हुदा बिजुलिको पोलमा रहेको अव्यवस्थित जथाभावी रहेको तार व्यवस्थापन गर्न यो कार्य सुरु गरेको अध्यक्ष खेतानले बताए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर -१० बिरगंज पर्साको आयोजनामा बिहीबार बिरगंज म.न.पा.१० स्थित आदर्शनगर एरिया भित्रका बिजुलीको पोलमा रहेको अव्यवस्थित जथाभाबि रहेको तार १००० के.जि. तार काटी व्यवस्थीत गरिएको थियो ।
सो कार्यक्रममा ग्रिनसिटि सा. प्र. से. केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , प्र. स.ह. लालु माया महतो , प्र.ज.संजय कुमार पण्डित लगायतकाको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



