वीरगंजको अलौं नाकाबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको मिलोमतोमा ब्यापक तस्करी

वीरगंजको अलौं नाकाबाट सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको मिलोमतोमा ब्यापक तस्करी

 

पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १७ अलौं र अलौं कै भलुहवामोठ भन्ने कोनिया नाकाबाट सशस्त्र प्रहरी र नैपाल प्रहरीकै सेटिङ्गगमा ब्यापक तस्करी फस्टाएको छ ।

उक्त नाका भएर भारतबाट नेपाल तर्फ मोटर साइकल र साईकलमा ल्याएर नै तस्करी गराउने कार्य सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करी सुरु भएको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अलौं र प्रहरी चौकि सिर्सिया लाई मोटो रकम दिइ र महिनौ देखि सो नाकाबाट मोटरसाइकल र साइकलमा नै बोराका बोरा काजु र किसमिस तथा भैसिको समेत तस्करी फस्टाएको स्थानियहरु प्रत्यक्षदशीहरुले जानकारी गराएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अलौंका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी र सिर्सिया प्रहरी चौकि सई सुनिल पनेरु,सिर्सिया प्रहरी चौकीका घुमुवा सागर यादवको मिलोमतोमा ठूलो मात्रामा कवाड ,युनिलिभरको फेयर एण्ड डाबर क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा सुपारि छोकडा, चिनी,किराना समान,प्याजको ठूलो मात्रामा समेत तस्करी भइरहेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अलौं तथा सिर्सिया प्रहरी चौकिको सेटिङमा हार्डवेयर समान तस्करीको लाइन रक्सौल निवासि भिखारी,गुडु लाई र कवाड तस्करीको लाईन जयप्रकाश लाई भैसि तस्करीको लाईन बैजनाथ यादव पाउनेमा रहेका छन् । त्यस्तै काजुको लाईन पाउनेमा जटाधारी रहेका छन् ।साथै सन्दिप चौरसिया लाई अलौं सिमानाकाको कोनिया नाकाबाट र अमरपट्टी नाकाबाट ठुलो मात्रमा तस्करीको लाईन पाएको छ।

उक्त नाकाबाट राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि ठुलो ठुलो झोला काखमा लगाई कपडा बोकि दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जो कोहीले देख्ने गरेका छन् ।उक्त नाकाबाट नगिना महतोको पनि कपडा तस्करीको लाईन चलेको छ। खोबारी महतो,हरिश्चन्द्र साह,लाई किराना समानहरुको १५,०००\- देखी २०,००० सम्म महिनवारी लिई तस्करीको लाईन दिएको छ।यी तस्करहरूले वीरगन्जको रानिघाट,मीनाबजार,परवानिपुर, बाराको जीतपुर बजार सम्म पुर्याउने गर्दछन।

वीलचेयर साइकल र तिन पाङ्ग्रे मोटरसाइकलमा अपाङ्ग भएका व्यक्तिले किराना समानहरु ओसारपोसार गरि जीविकोपार्जन गर्नेहरु सॅग १५,०००\-२०,०००\- सम्म महिनवारी लिई तस्करीको लाइन दिएका छन।

उक्त नाकाबाट हुने तस्करीको लाईन केहि स्थानीय पत्रकार नै तस्करहरू संग मिली साटगाठ गरी सिर्सिया प्रहरी चौकिका घुमुवा सागर यादव सॅग र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अलौंका प्रहरी नायब उपरीक्षक विकास अधिकारी सॅग महिनवारीको सेटिङ मिलाई तस्कर सॅग पार्टनरसिपमा बसेर काम गर्ने गरेको एक जना स्थानियले नाम नलेखने सर्तमा बताए।

खुल्ला रुपमै तस्करीको कारण वीरगन्ज भन्सारको राजस्व संकलनको लक्ष्य २७ अर्बले घटेको छ ।वीरगन्ज भन्सार कार्यालयले २ बार्षदेखि लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएसंगै भन्सार विभागले राजस्व संकलन घटाइदिएको छ।

भन्सार विभागले वीरगन्ज भन्सार कार्यालय लाई राजस्व संकलनको महत्वकांछी लक्ष्य दिए पनि कार्यालयको लक्ष्य अनुसकरको राजस्व भेटाउन सकिरहेको थिएन। विभागले आर्थिक बर्ष २०८०\२०८१ को तुलनामा चालू आर्थिक वर्ष २०८१\२०७२ मा राजस्व संकलन गर्ने लक्ष्य ३६ अर्ब ९२ करोड ८६ लाख ७२ हजार ले घटाइदिएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्सा लगायत प्रदेश प्रहरी कार्यालय संगै सशस्त्र प्रहरी बल नेपाल १३ नं गण संगै बाहिनीपतिको ध्यान जान जरुरी देखिन्छ।

मधेश दृष्टि पत्रिकामा २०८० साल चैत्र ७ गते प्रकाशित समाचारमा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पर्सा निर्वाचन क्षेत्र नं १ सांसद माननीय मन्त्री प्रदीप यकदवले तस्करीको काजु खाएर सुसानको गफ गर्ने शिर्सकमा समाचार प्रकाशित भएको थियो।

त्यस समाचारमा मन्त्री यादवले भन्सारमा तस्करको राज रहेको आरोप लगाएका लगाएका थिए। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि धारणा राख्दै उनले नेपालका भन्सारबाट बिल छलेर तस्करी भइरहेको बताए । उच्च भन्सार लाग्ने बस्तुहरु तस्करी भएर नेपाल भित्रिइरहेको उनले बताए ।नेपालमा काजु प्रतिकिलो ६ सय रुपैयाँ भन्सार लाग्ने गर्छ ।नेपाली बजारमा उपलब्ध सबैजसो काजु भन्सार छलेर भित्रिने गरेको उनले बताए थिए। ‘मलाई लाग्छ, अर्थमन्त्रीज्यूले जुन काजु खानुहुन्छ, त्यो भन्सार छलेर ल्याइएको हो । माननीय अर्थमन्त्रीज्यू, तपाईं तस्करले ल्याएको काजु खानुहुन्छ ।’काजुमा १५ प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । भ्याटसमेत गरेर काजुमा करिब ५० प्रतिशत भन्सार तिर्नुपर्ने एकीकृत भन्सार महसुल दरबन्दी २०८० -८१ मा उल्लेख छ । चालु आर्थिक वर्षको आठ महिनामा २५ करोड ४९ लाख रुपैयाँको २ लाख ९० हजार किलो काजु आयात भएको भन्सार विभागको तथ्यांक छ । हाल कच्चा पदार्थभन्दा तयारी बस्तुमा कम भन्सार लगाएकाले नेपालमा उत्पादन हुन नसकेको र नेपाली उद्योगीलाई समस्या परेको प्रतिनिधिसभा बैठकमा मन्त्री यादवले बताएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close