
वीरगंज, पर्सा
वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको नेतृत्वमा गएको टोलीले मधेस प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णा प्रसाद यादव सँग भेटघाट गरेका छन्।
जनकपुरमा एक समारोहका बिच मधेस प्रदेश अन्तर्गत नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,वीरगंज महानगरपालिकाका उप-प्रमुख तथा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलम, मधेस प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री तथा नेपाली कांग्रेसका प्रदेश अध्यक्ष माननीय मन्त्री कृष्णा प्रसाद यादव संग भेटघाट गरि विशेष कुराकानी गरेका छन्।
मधेस प्रदेशको विकासको बारेमा कुराकानी गर्नुको साथ साथै वीरगंज महानगरपालिका मा बिकास कार्यको बारेमा र पर्सा जिल्लाको विकास गर्ने बारेमा चर्चा परिचर्चा गरेका छन् साथै चर्चा परिचर्चामा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा प्रसाद यादवले विकासमा सहयोग गर्ने वाचा गरेका छन्।
उक्त भेटघाट गर्ने टोलिमा नेपाली कांग्रेस पर्साका सह-सचिव नवीन सिंह,नेपाली कांग्रेस पोखरीया नगरपालिकाका सचिव धर्मराज यादव,वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वकीय सचिव शेष हाजरा,पत्रकार राहुल कुमार गुप्ता लगायतको सहभागीता रहेको थियो।




