
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको करकमलबाट ४ कोठे भवनको शिलान्यास गरेका हुन्।
महागढिमाई नगरपालिका वडा नं १० गन्जभवानिपुरमा रहेको श्री भोला उच्च माध्यमिक विधालयमा महागढिमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले ४ कोठे भवनको शिलान्यास एक कार्यक्रमका बिच गरेका हुन्।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ४५ लाख लागयतमा शो भवन निर्माण हुने श्री भोला उच्च मा.वि का प्राध्यापक रामाकान्ता प्रसाद गुप्ताले बताए। साथै उक्त भवन ६ महिना भित्रमा निर्माण समपन्न हुने बताए।
शिलान्यास कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको प्रमुख अतिथि तथा विशिष्ट अतिथि नगर उप-प्रमुख ,वार्ड अध्यक्ष गाउँघरको बुद्धिजीवी शिक्षक लगायतका व्यक्तिहरुको उपस्थितिमा समपन्न भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




