वीरगञ्जस्थित नारायणी अस्पतालको सम्पूर्ण सेवा सुचारु गराउन माग राख्दै आइतबार देखी धर्ना कार्यक्रम सुरु ।

वीरगञ्जस्थित नारायणी अस्पतालको सम्पूर्ण सेवा सुचारु गराउन माग राख्दै आइतबार देखी धर्ना कार्यक्रम सुरु

बिरगंज , बैशाख २२ गते सोमबार ।

जनता समाजवादी पार्टीका नेता ओमप्रकाश सर्राफले आइतबार देखि आफ्नो मुल गेटमा कालो झन्डा झुण्ड्याएर धर्ना बस्नुभएको छ । नारायणी अस्पतालको जनरल सेवा सुचारु गराउन दबावको लागि आफ्नो घरको बरन्डामा धर्ना बसेको र धर्ना कार्यक्रम जारी रहने नेता नेजामुदिन सम्मानीले वताउनुभयो ।
भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक समेत रहेका सर्राफले नारायणी अस्पतालको सेवा सुचारु गराउन अहिले लकडाउन रहेकोले सबैले आ-आफ्नो घरमा कालो झन्डा झुन्डयाउनुको साथै घरको गेट वा बरन्डामा बसी प्रत्येक दिन एक घण्टा धर्ना दिन पनि आग्रह गर्नुभयो ।
यस्तै जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन सम्मानीले पनि हिजो धर्ना दिनुभएको छ । नारायणी अस्पतालको सम्पूर्ण सेवा सुचारु गर्न माग राख्दै नेता सरार्फ पनि आफ्नो घरको मुल गेटमा धर्नामा बस्नुभएको हो । अहिले लकडाउन रहेकाले यो समाजिक आन्दोलनमा एक्यबदता जनाउन सबैले आआफ्नो घरको गेटमा धर्ना दिएर समर्थन जनाउनु पर्ने सम्मानीले वताउनु भयो ।
त्यसैगरि मानव अधिकारकर्मी हरेन्द्र पटेल (बाबा)ले पनि आन्दोलनमा साथ दिँदै विरोध जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close