
वीरगंज, पर्सा
सीमा सुरक्षा गुल्म वीरगंज (बिओपी)मा सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डे आएको दिन देखि आज सम्मको बिभिन्न मितिमा नियन्त्रणमा लिएका समानहरु वीरगंज भन्सार बुझाएका छन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेले सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी वीरगंज) मा मिति २०७९ /१२/१३ गते इन्चार्ज बुझे पश्चातको अबैध रुपमा भन्सार छली भारत बाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याएका बिभिन्न समानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय बुझाएका छन्।
लताकपडा, हाडवेयर,सुट स्पेस्लिट,किरान सामग्री, कस्मेटिक सामग्री, लगायत इत्यादि बिभिन्न किसिमका समानहरु को मुल्य रु १,५४,५३,२६५/- एक करोड चौवन लाख तिरपन हजार दुई सय पैसठि रुपैयाँ बराबरको बिभिन्न समानहरु नियन्त्रणमा लिएका वीरगंज भन्सार कार्यालयमा आवश्यक कारवाही को लागी बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेले जानकारी दिए ।सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डे कार्यभार सम्हाले कै दिन देखि नै तस्करहरुमा रोवावासी छाएको छ।




