वीरगंज महानगरको १३ औं नगर सभा अधिवेशन सम्पन्न

वीरगंज, पर्सा

वीरगंज महानगरपालिकाको१३ औं नगर सभा अधिवेशन सम्पन्न भएको छ।वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा सब भन्दा बढी शिक्षामाविशेष जोड दिएको छ । त्यसका लागि शिक्षित युवावर्गलाई स्वयंसेवा मार्फत शैक्षिक उन्नयनमा योगदान दिने अवसर प्रदान गर्न विद्यालय शिक्षा स्वयंसेवा कार्यक्रम संचालनको विशेष नीति लिइएको हो ।

बुधबार नगरसभाको १३ओैं अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर सिंहले शिक्षालाई विशेष जोड दिइएको बताएका हुन्।
यस्तै आर्थिक गतिविधिलाई गतिशिलता दिन वीरगंजलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा अगाडि बढाउने नीति पनि महानगरले अघि सारेको छ ।

वीरगंज महानगर न्यायिक समितिको अधिकार क्षेत्र भित्रका विवादहरुको शीघ्र निरुपण गरि प्रभावकारी न्याय सम्पादन
गर्न आवश्यक नाति तथा कानुनहरुको प्रबन्ध मिलाइनेछ ।

न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरुको विषयगत ज्ञान र क्षमता विकासका कार्यक्रमहरु
कार्यान्वयन गरिनेछ।

नगर सभाबाट हालसम्म निर्माण भएका ऐन कानुनहरुलाई संग्रहित गरि स्थानीय कानुन संग्रह प्रकाशन गरिनेछ ।

मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीति तथा कानुन तर्जुमा गरि प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।

देशमै ख्याती कमाएको हाल संघ सरकार मातहत रहेको नारायणी रंगशाला र क्रिकेट मैदानको स्तरोन्नतीक
लागि आवश्यक पहल गर्नुका साथै आदर्शनगर रंगशालामा आधुनीक घाँस लगाई खेलमैदानको स्तरोन्नत
गरिनेछ ।

वीरगंजमा राष्ट्रिय स्तरको खेलकुद प्रशिक्षण संस्थान स्थापना गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलकुद आयोजना गर्न प्रोहत्साहन गरिनेछ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता महानगरका खेलाडीलाई सम्मान र पुरस्कार प्रदान
गर्नुका साथै वीरगंज महानगरमा उपयुक्त रोजगारीको व्यवस्था मिलाईनेछ ।

वीरगंज महानगरपालिकाद्वारा पालिका स्तरीय अन्तर पालिका U – 19“वीरगंज कप” फुटबल र क्रिकेट प्रतियोगिता आयोजना गरिनेछ । साथै यस आ.व. २०७९/०८० मा भएका फुटबल प्रतियोगितालाई
निरन्तरता दिईनेछ ।

महानगरका स्थानीय खेल संस्थाहरुसँग समन्वय गरि वीरगंजका प्रथम मेयर केशर प्रसाद मानन्धर अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगितालाई निरन्तरता दिईनेछ ।

विषयगत खेल पुरस्कार राशिहरु स्थापना गर्दै जाने नीति लिइनेछ ।वीरगंज १६ इनर्वामा कुस्ती प्रतियोगिताको लागि आवश्यक जग्गा छुट्याई विस्तृत अध्ययन गरी कार्य अगाडि बढाईनेछ ।

वीरगंजमा राष्ट्रिय पौडि प्रतियोगिता आयोजना गरिनेछ ।
(विभिन्न किसिमका दुर्व्यसनमा परेका युवाहरुलाई निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक कार्यक्रमहरु मार्फत दुव्यसन मुक्त गराई समाजमा पुनःस्थापनाको वातावरण बनाइनेछ ।

अबदेखि सेवाग्राहिले जुनसुकै ठाउँबाट भवन निर्माण ईजाजतको लागि आवेदन दिन मिल्ने र आफ्नो काम कुन तहमा पुगेको छ भनी हेर्न मिल्ने गरी इलेक्ट्रिक बिल्डिङ पर्मिट सिस्टम लागु गरी आधुनिकिकरण गरिने नीति लिएको मेयर सिंहले बताए ।

महानगरभित्र पानीको सतह घट्दै गएकोले भवन निर्माण ईजाजत दिँदा अनिवार्य रुपमा तोकिएको रेन हार्भेस्टिङ प्रणाली अवलम्बन गर्नुपर्ने नीति पनि महानगरले अघि सारेको छ ।

महानगर क्षेत्र भित्र व्यवसायीक प्लटिङ गर्नेहरुले अब देखि भने अनिवार्य रुपमा प्लटिङ स्वीकृति लिनुपर्नेछ । व्यवसायकर आ.व.को पौष मसान्त भित्र बुझाएमा १० प्रतिशत छुट दिईने नीति अवलम्बन गरिएको छ । यस्तै राष्ट्रिय समाचार समितिसँगको समन्वयमा भोजपुरी भाषा प्रवद्र्धनका लागि भोजपुरी भाषामा पनि समाचार प्रकासित गराउन महानगरले आवश्यक सहयोग गर्ने, भोजपुरी कला मार्फत शहर सौन्दर्यकरणमा जोड दिने नीति महानगरले लिएको छ ।

पत्रकारिता तथा आमसंचार विषयमा स्नातकोत्तर अध्ययन गर्न चाहने श्रमजिवी पत्रकारलाई छात्रवृत्ति उपलब्ध गराउने, महानगरले युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन, बिजनेस” भन्ने भावना जागृत तुल्याउँदै स्वरोजगार उन्मुख बन्न प्रेरित गरिने नीति लिइएको छ ।

नगरअधिवेशन महानगर प्रमुख राजेशमान सिंह को सभाध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाैडेल, ३२ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य , कर्मचारी लगायतकाे सहभागीता छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close