लकडाउन अवधिभर बिधुतको बिल महसुलमा जरिवाना लगाएको बिरोधमा जसपाद्वारा १ घन्टा धर्ना ।

बिरगंज , असोज १३ गते मंगलवार ।

लकडाउन अवधिभर विद्युतको बिल महसुलमा जरिवाना लगाइएको विरोधमा आज जसपाले एक घन्टा धर्ना गर्दै बिरोध गरेको छ ।

जनता समाजवादी पार्टी नगर कमिटीका अध्यक्ष ईस्वर यादवको नेतुत्वमा सांसदसहितका नेता कार्यकर्ताले आज बीरगन्जको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको गेटमा धर्ना दिएका छन् ।

लकडाउनको समयको विद्युत महसुलमा जरिवाना लिन लागेपछि यसकै विरोधमा जनता समाजवादी पार्टीका सांसदसहितका नेता कार्यकर्ताहरुले प्राधिकरणको गेटमा नै १ घण्टा धर्ना दिएका हुन् ।

धर्नामा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभासदस्य माननीय प्रदिप यादव, प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तवरेज अहमद, पुरुशोतम झा, वडा न.१३ का वडा अध्यक्ष तुफान अन्सारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

लकडाउन अवधिभरको विद्युत महसुलमा जरिवाना लिन नपाइने, जरिवाना सहित महसुल लिएका सेवाग्राहीको रकम फिर्ता गर्नुपर्ने, लोडसेडिङको अन्त्य गर्न, प्राधिकरणमा उचित पार्किङको व्यवस्था गनुपर्ने, शौचालयको व्यवस्था हुनु पर्ने, लकडाउन खुलेको अवधिले एक महिना विद्युत महसुस बुझाउन समय दिनु पर्ने लगायतका माग राखेर धर्ना तथा विरोध कार्यक्रम भएको जसपाका युवा नेता यादवले पर्सा पोस्टलाई जानकारी दिनु भयो।

लकडाउन र निषेधाज्ञाका बेला आम्दानी ठप्प भएर घर थुनिएको बेलाको महसुल विद्युत प्राधिकरणले जरिवाना थपेर तिर्न लगाएपछि सर्वसाधारणहरु थप मर्कामा परेको सांसद प्रदीप यादवले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close