
वीरगंज, पर्सा
स्थानिय तह कर्मचारी युनियन जिल्ला कार्यसमिति पर्सा,नेपाल कर्मचारी संघ वीरगंज महानगरपालिका,स्थानीय तह कर्मचारी संघ नेपालले संयुक्त रुपमा बिभिन्न माग राख्दै वीरगंज महानगरपालिकाका उप- प्रमुख इम्तियाज आलमलाइ ज्ञापन पत्र बुझाएका छन्।
वीरगंज महानगरपालिकाको नगर सभाको १२औं अधिवेशनले निर्दिष्ट गरेको नीति तथा कार्यक्रम अनुसारको विकास निर्माण, सामाजिक विकासका कार्यक्रम तथा बजेट कार्यान्वयनमा वीरगंज महानगरपालिकाको सम्पुर्ण कर्मचारी संयन्त्र नियमित बाहेकको अतिरिक्त समयमा समेत खटिईरहेको बारे महानगर उप-प्रमुख इम्तियाज आलमलाइ ज्ञापन पत्र अवगत गराएका छन्।
आर्थिक वर्षको अन्त्यमा योजनाको नाप जांच, अनुगमन प्रतिवेदन,प्राविधिक प्रतिवेदन तथा भुक्तानी जस्ता कार्यले स्वभाविक रुपमा कार्यालयमा कामको चाप बढ़ने व्यहोरा पनि महानगर उप-प्रमुख इम्तियाज आलमलाइ ज्ञापन पत्र मार्फत जानकारी गराएका छन्।
चालु आर्थिक वर्ष २०७९/०८० का लागि नगर सभाबाट स्वीकृत कार्यक्रम तथा संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरित भई आएका सशर्त अनुदान तर्फका किटान भएका योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा कर्मचारी संयन्त्र परिचालित भईरहेको समयमा विभिन्न स्थानमा कार्यान्वयन भई रहेको योजनाहरुको सन्दर्भमा आफ्नो राजनैतिक पुर्वाग्रह एवं प्रतिशोध बाट ग्रसित भई राजनैतिक नेतृत्वसंग गर्नुपर्ने बहसका विषयहरु राजनैतिक नेतृत्वसंग गर्नुको सट्टा शाखा शाखाका कर्मचारीहरु कहाँ गई हुलहुज्जत गर्ने अवाञ्छित दवाव दिने अनावश्यक भिडियोहरु बनाई कर्मचारीहरुलाई बदनाम गर्ने जस्ता क्रियाकलापहरु भई रहेकोले त्यस्ता उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरुको पहिचान गरी कारबाहिको दायरामा ल्याई काम गर्ने वातावरण सृजना गरी शान्ति सुरक्षा व्यबस्था मिलाउनु हुन महानगर उप-प्रमुख इम्तियाज आलमलाइ ज्ञापन पत्र मार्फत जानकारी गराएका छन्।
अन्यथा कार्यालयको अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलनमा उत्रन बाध्य हुने व्यहोरा समेत स्थानिय तह कर्मचारी युनियन जिल्ला कार्यसमिति पर्सा,नेपाल कर्मचारी संघ वीरगंज महानगरपालिका,स्थानीय तह कर्मचारी संघ नेपाल ले संयुक्त रुपमा तिन वटै संगठनका अध्यक्ष द्वारा हस्ताक्षरित ज्ञापन पत्र उल्लेख गरिएको छ।




