राउण्ड टेबल नेपाल र रोटरी क्लबको सहयोगमा शौचालय तथा हात धुने बेसिन हस्तान्तरण

राउण्ड टेबल नेपाल र रोटरी क्लब को सहयोगमा एक स्कुलमा शौचालय हस्तान्तरण गरेका छ्न ।
शौचालय तथा हात धुने बेसिनको अभाव रहेको मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वार्ड नं ४ स्थित आनन्द मार्ग विशेष शैक्षिक संस्थामा राउण्ड टेबल नेपाल र रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को सहयोग मा निर्माण गरेको सेप्टिक ट्याङ्कीसहितको तिन वटा शौचालय र तिन वटा हात धुने बेसन हस्तान्तरण गरेको हो।

सरसफाइ तथा स्वस्छता मा बढी ध्यान केन्द्रीत गरे को दुबै सस्था ले कुल पाँच लाख रुपैयाँको लागतमा निर्मित शौचालय र हात धुने बेसनको आधा रकम र राउण्ड टेबल – २२ ले उपलब्ध गराएको छ भने आधा रकम रोटरी क्लबले दिएको सहयोग गरेको छ ।

सब भन्दा पहिला शैक्षिक सस्थालाई स्वस्छ बाताबरण बनाउने काममा विशेष ध्यान दिएको तथा शिक्षा क्षेत्रमा सुधारका निमित्त काम गर्दै आइरहेको राउण्ड टेबल नेपाल र रोटरी क्लबले यसअघि पनि विभिन्न शैक्षिक संस्थाहरूमा भवन निर्माण, छात्रवृत्ति वितरणदेखि शैक्षिक र आवश्यक पूर्वाधारका सामग्री समेत वितरण गर्दै आएको छ।

उक्त कार्यक्रम मा राउण्ड टेबल नेपाल एरिया –३ का परियोजना संयोजक दीपल खन्ना, वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल – ८ का उपाध्यक्ष आकाश सर्राफ, कोषाध्यक्ष दीपक अग्रवाल, सचिव सुदीप खेतान, हेटौँडा राउण्ड टेबल नेपाल –३० का उपाध्यक्ष विकास जलान, सदस्य दीपक अग्रवाल, रोटरी क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरी, सन्तोष रिजाल, डिस्ट्रिक्ट अफिसर अमीत गिरी, विष्णु कार्की, रोटरी क्लब नारायणी मिड टाउनका दीपेश श्रेष्ठ, रोटरी क्लब हेटौँडाका अध्यक्ष स्वागत राज प्याकुरेल, कोषाध्यक्ष रबी रेग्मी, रोटरी क्लब मकवानपुरका अध्यक्ष अञ्जनी पाराजुली लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम बारे वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल – ८ का उपाध्यक्ष आकाश सर्राफ‌ ले जानकारी दिएका थिए ।उनले आउने दिन मा पनि विभिन्न समुदायिक बिधालयहरु संग मिलि बिधालयको बिकासको लागि सदेव अगाडि आएर सहयोग गर्ने प्रतिवदता जनाएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close