खाने पानी को हाहाकार भए पछि नेपाली कांग्रेस पर्साले बुझायो ज्ञापनपत्र

लामो समयको खडेरी पछि वीरगञ्जमा खानेपानिको हाहाकार मच्चिएको छ। खानेपानीको चापाकलहरु सुक्दै गएपछि अहिले वीरगञ्जमा खानेपानीको हाहाकार मच्चिएको हो। यसै विषय लाई लिएर नेपाली कांग्रेस पर्सा ले बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमलाई एकै ठाउँमा राखी ज्ञापनपत्र बुझाएको छ।

नेपाली कांग्रेस पर्सा का उप सभापति रामनारायण कुर्मीको नेतृत्वमा आज बिरगंज महामगपालिका को कार्यलयमा गएर ज्ञापनपत्र बुझाइएको छ ।

सो ज्ञापनपत्रमा बिरगंज महानगरपालिकाका वासिहरु ले आआफ्नो घरमा जडान गरेका चापाकल वातावरणिय गर्मीको प्रभावले गर्दा अधिकांश चापाकल सुकिसकेको नगरवासीमा खाने पानी को समस्या सृजना भइरहेको छ । घरका पुरुष , महिला , बच्चाहरु समेत बिहान बेलुका बाल्टि , ड्रुम , पानी को बोटल लिएर पानी को लागि भौतारिरहेको अहिले सम्पुर्ण नगरवासी ले देख्नुपरेको छ ।

स्थानिय नागरिक को आधारभुत हक को रुपमा रहेको खानेपानी सम्बन्धि नीति नियम बनाउन र त्यस्को प्रभावकारी कार्यनयन स्थानिय सरकार को कर्तव्य अन्तर्गत पर्दछ ज्ञापनपत्र मा भनिएको छ।

त्यस्तै काकाकुल नगरवासी ले भोग्नु परेको समस्या तत्काल समाधान गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नु पर्ने काम बिरगंज महानगरपालिका ले अबिल्मब योजना बनाइ खाने पानी को समस्या समाधान गर्नुपर्ने सो ज्ञापनपत्रमा जोरदार माग गरिएको छ ।
सो ज्ञापनपत्रमा पानी को समस्या तत्काल समाधान का लागि हरेक वडा चौक मा खाने पानी को धारा जडान गर्नु पर्ने त्यस्तै खाने पानी सस्थान बाट पानी वितरण गर्न ब्यवस्था मिलाउनु पर्ने , वडाहरु मा भएका इनारहरु लाई सफा गर्न लगाउने पर्ने उपाएहरु बताइएको छ ।

तस्तै दीर्घकालीन समाधान का लागि खाने पानी को पाइप बिस्तार गर्नु पर्ने , दिप बोरिङ को लागि योजनाहरु बनाइ त्यस्को बिस्तार गर्नु पर्ने, वडाहरु मा वृक्षरोपण गर्नु पर्ने उपाए बताइएको छ ।

सो ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस पर्सा का नेता लगायत नेपाल विद्यार्थी संघ , नेपाल तरुण दल र नेपाली कांग्रेस अन्तर्गत रहेको महिला संघ का नेताहरु को उल्लेख उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close