
राउन्ड टेबल नेपाल द्वारा आज एक कार्यक्रमका बिच पोखरिया नगरपालिकामा गरेको चालिस हजार बोटबिरुवा बृक्षारोपन नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानलाई हस्तान्तर गरेका छन । राउन्ड टेबल नेपालको आयोजानामा र पोखरिया नगरपालिकाको सहयोगमा आज भएको एक कार्यक्रमका बिच सो रोपिएको बोटबिरुवा लाई हस्तान्तरण गरिएको छ ।
पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेश कुर्मी रहेका थिए। त्यस्तै विशिस्ट अतिथीका रुपमा पोखरीया नगरपालिकाका उपमेयर रुबि ठाकुर रहेकी थिइन । त्यस्तै विशिष्ट अतिथिमा सबिधान सभा सदस्य राजेश्वर प्रसाद रौनियार,राउन्ड टेबल नेपालका अन्तरास्ट्रिय अन एसिया पेसिफिक रिजनका सौरभ केडिया ,४१ क्लबका मनोज दास,राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवाल रहेका थिए ।
आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेश कुर्मीले अहिलेको दिनमा मधेस प्रदेशमा सब भन्दा ठूलो समस्या पानी रहेको बताए । यसको प्रमुख कारण चुरे दोहन हुनु हो । सरक्षणको अभावमा चुरेको वन जंगल विनास हुदै गएको । यसको प्रत्येक्ष असर मधेश प्रदेशको जिल्लाहरु मा परेको उनले बताए । राउन्ड टेबल नेपाल दश दिनमा एक लाख बृक्षारोपन गर्ने जुन कार्यक्रमको आयोजना गरि एक लाख नब्बे हजार बृक्षारोपन गरेको छ त्यो धेरै नै सर्हानिय रहेको बताए ।
सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै पोखरिया नगरपालिकाका प्रशासकीय अधिकृत दिवेन्द्र सापकोटाले अहिलेको दिनमा पर्यावरणलाई जोगाउन चुनौती पुर्न रहेको बताए । यसलाई रोक्न हामी सबैको कर्तव्य रहेको बताए । आउने दिनमा स्थानीय निकाय र प्रदेश सरकारको सहयोगमा यसलाइ बचाउन मिलेर काम गर्नु पर्ने वहाँले बताए ।
त्यस्तै राउन्ड टेबल का केन्द्रिय अध्यक्ष राहुल अग्रवाल ले पर्यावरण को सरक्षण एउटा पबित्र काम भएको बताए । अहिले को दिन मा राउन्ड टेबल नेपाल ले पर्यावरण लाई बचाउन बृक्षा रोपन कार्यलाइ सब भन्दा ठूलो कार्य भएको बताउदै यस लाई निरन्तरता दिने बताए । राउन्ड टेबल नेपाल को स्थापना दिवस को अवसर मा हामी ले १ लाख बृक्षा रोपन गर्ने अठोट गरेका थियो र हामी सफल समेत भएको उनले बताए । १ लाख बृक्षा रोपन गर्नु पर्ने मा १ लाख नब्बे हजार जति बृक्षा रोपन गरेको उनले बताए । यसका लागि आफ्नो टिम राउन्ड टेबल नेपाल का सदस्यहरु धन्यवाद समेत दिए। त्यस्तै पोखरिया नगरपालिका मा अहिले रोपिए का चालिस हजार बोट बिरुवा को सरक्षण गर्ने जिम्मा मेयर लगायत वडा अध्यक्षहरु को भएको उनलए बताए । अहिले रोपिएका बोट बिरुवा को सरक्षण गर्ने का लागि नेपाल आर्मी , एपीएफ र नेपाल प्रहरी ले समेत सहयोग गर्ने उनले बताए।
आज भएको कार्यक्रम मा प्रमुख अतिथी तथा विशिष्ट अतिथी लगायत अतिथिहरु लाई राउन्ड टेवल नेपाल बिरगंज शाखा का अध्यक्ष आकाश सरार्फ ले खादा ओढाइ स्वागत गरेका थिए । सो कार्यक्रम मा पोखरीया नगरपालिका का वडा अध्यक्षहरु , राउन्ड टेवल नेपाल का सम्पुर्ण टिम ,पोखरिया नगरपालिका का कर्मचारी लगायत स्थानियहरु को उल्लेखनिय उपस्थिति रहेको थियो ।




