
नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गते सम्म “विशेष आन्तरिक अभियान” चलाउने केन्द्रीय परिपत्र अनुरुप पर्सा जिल्लाको क्षेत्रीय कार्य समिति क्षेत्र नं १ मा बृहत बैठक आज सम्पन्न भएको छ । नेपाल भरी नै संचालन भएको विशेष आन्तरिक अभियान कार्यक्रमलाई सफल बनाउन नेपाली कांग्रेसले आफ्नो आफ्नो केन्द्रिय नेताहरु लाई जिम्मेवारी दिएको छ ।
आज भएको विशेष आन्तरिक अभियान अन्तर्गत बृहत बैठक लाई सम्बोधन गर्दै बिरगंज महानगर पालिका उप-मेयर एवम नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले अबको दिनमा नेपाली कांग्रेसलाई एक ढिका बनाएर लैजान बताए । नेपाली कांग्रेस गुट-उपगटको कारण कमजोर हुँदै गएकोले अहिके सम्पुर्ण नेपाली कांग्रेसका नेता कार्यकर्तालाई समेटेर बलियो पार्टी बनाउने बताए।आउने दिनमा पार्टीलाई बिरगंज महानगरमा फुल बहुमतले बिजय गराउने उदेश्यले आफू लागि परेको बताए ।
सो बैठकमा उप-सभापति राम नारायण कुर्मीले नेपाली कांग्रेसका केही ब्यक्तीको कारण धेरै ठाउमा पराजित हुनु परेको बताए । त्यस्ता ब्यक्तीहरु लाई नेपाली कांग्रेसबाट निकाला गर्नुपर्ने तथा पार्टी लाई सुदृढीकरण गर्नुपर्ने बताए ।
आज भएको बृहत बैठक कार्यक्रम नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का कार्यवाहक अध्यक्ष अनिल प्रसाद सिंहको अध्यक्षतामा बसेको थियो ।सो बैठक कार्यक्रममा नेपाली कांग्रेस पर्साका बरिस्ठ नेता श्याम पोखरेल,महिला संघ कि केन्द्रिय सदस्य किरण सरकार,महिला संघ पर्सा कि अध्यक्ष किरण शर्मा,नेपाली कांग्रेस का नेता प्रकाश उपाध्याय , रम्भा मिश्र , नेपाली कांग्रेसका युवा नेता धर्मराज यादवको उपस्थिति रहेको थियो ।




