
नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवम भौतिक पुर्वाधार विकास मन्त्री माननीय कृष्ण प्रसाद यादब तराई मधेसमा भव्य रुपले भैईरहेको छठ पर्वको दिन आफ्नो क्षेत्र रौतहट जिल्लाको विभिन्न स्थानमा सम्पुर्ण छठ घाटहरूमा पुगि अवलोकन गरेका छन ।
त्यस्तै उनले अवलोकनको साथै छठ पूजामा सहभागी भई साथै पूजापाठ समेत गरेका छन। हिन्दु मान्यता अनुसार सब परिवार तथा सन्तानको सुख र सम्वृद्धिको लागि अत्यन्तै निष्ठा पुर्वक मनाइने हिन्दुहरुको पर्व छठमा श्रद्धापुर्वक व्रत बस्ने ब्रतालुहरु संग भेटघाट गर्दै विभिन्न उनले घाटहरुको बारे जानकारी समेत लिएका छन् । त्यस अवसरमा उनले छठी मैयाको दर्शन गर्नुका साथै उनले छठ पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै यस्को ठुलो महत्व हाम्रो समाजमा रहेको भन्ने कुरा दर्शाएका छन् ।
सो अवसरमा उनका स्वकीय सचीव सन्तु प्रसाद यादब , प्रचार प्रमुख नितेश कुमार गुप्ता,गढीमाई नगरपालिका मेयर श्याम प्रसाद यादब ,माधव नारायण नगरपालिका मेयर बैजु यादब ,वार्ड प्रत्यासी जयप्रकाश पंडित र अरुण साह लगायतका नेताहरुको उपस्तिथि रहेको थियो ।




