
बिरगंज , भदौ ०३ गते आइतबार ।
बिरगंज नगरपालिकाको कार्यपालिका अन्तर्गत सामाजिक विकास समितिको संयोजकको रुपमा कन्हैया प्रसाद ठाकुरलाई मनोनीत गरिएको छ । बिरगंज महानगरपालिका सामाजिक विकास समिती सम्बन्धि स्थानीय सरकार संचालन एन २०७४ को दफा १४ मा रहेर सामाजिक विकास समितिको संयोजकको रुपमा उनलाइ मनोनयन गरिएको छ ।
बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहद्वारा हस्ताक्षर गरिएको पत्र आज उनलाइ प्रदान गरिएको छ । नेपाली कांग्रेस पर्साका नेता समेत रहेका कन्हैया ठाकुर महाधिवेशन प्रतिनिधि समेत रहेका छन । महानगरले दिएको यस जिम्मेवारीलाई आफू पुरै मेहनतका साथ लागेर हासिल गर्ने बताए । सामाजिक विकास समितीको संयोजक भएकोमा आफूमा अब थप जिम्मेवार भएको बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




