
पर्सा जिल्लामा रहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ पर्सा को अधिबेशन यहि भाद्र १६ गते गर्ने निर्णय भएको संघका अध्यक्ष जाकिर हुसेन ले जानकारी गराएका छन।
आज बसेको नेपाल मुस्लिम संघ पर्साको बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का क्षेत्रीय सभापति तथा नेपाल मुस्लिम संघका केन्द्रिय प्रतिनिधि मोहम्मद सहाबुदिन प्रमुख अतिथिको रुपमा रहेका थिए । उक्त बैठकमा विभिन्न प्रस्तावहरु माथी छलफल गर्दै नेपाल मुस्लिम संघ पर्साको अधिबेशन यहि १६ गते गर्ने त्यस्तै मुस्लिम संघ मा आवद्ध रहेका नेता, कार्यकर्ता एवम जनताको जल्दाबल्दा समस्याहरु सामाधान गर्न हरसम्भव प्रयास गरिने त्यस्तै संघको अधिबेशनमा प्रमुख अतिथीको रुपमा निमन्त्रणा गर्न नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नं २ का संघीय सांसद अजय चौरसियालाई अनुरोध गर्ने जानकारी गराएका छन ।
आज भएको बैठकमा मुस्लिम संघ पर्साका उपाध्यक्ष जमिला खातुन, सचिव रिजवानुल हक, मो.मुजिव कोषाध्यक्ष एवजान मिया, सहकोषाध्यक्ष अनुश अंसारी सदस्यहरु हेदर अंसारी , मनिर अंसारी, मुस्लिम मिया अंसारी , महाअधिबेसन प्रतिनिधि अनिस अंसारी लगायत नेपाली कांग्रेस मा आवद्ध रहेका कार्यकर्ता को उपस्थिति रहेको थियो।




