राष्ट्रहित बिपरित अभिव्यक्ति दिने सरिता गिरिलाई कार्वाही हुनु पर्ने तरुण दलको माग ।

काठमाडौं , जेष्ठ २८ गते बुधबार ।

नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले राष्ट्रहित विपरीत अभिव्यक्ति दिन सरिता गिरीको सांसद पद खारेज गरेर हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ ।

एक टेलिभिजन अन्तरवार्तामा सघिय सान्सद सरिता गिरिले आफ्नो पदिय मर्यादा बिपरित नेपालका भुमीहरु लिपुलेक , लिम्पियाधुरा र कालापानीलाई नेपालको होईन भनेर दिएको अभिव्यक्ति प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकर्षक भएको छ ।

तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले बुधबार प्रेस विज्ञप्ति निकालेर आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन भनेर सांसद गिरीले दिएको अभिव्यक्तिप्रति नेपालमा बस्ने ३ करोड नेपालीको मनमा ठेस पुर्याएकोले सरिता गिरिको सान्सद पदबाट निलम्बित गरि हदैसम्मको कार्वाही गर्ने नेपाल तरुण दल केन्द्रिय समितिले सरकारको ध्यानाकर्षण गराएको जानकारी दिएको छ।त्यसै गरि राष्ट्रियताको सवालमा नेपाल तरुण दल कसैसङ्ग पनि सम्झौता नगर्ने समेत बताए ।

त्यसगरी सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत माफी माग्नु पर्ने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close