नेपाल महिला संघ पर्सा ले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनायो

वीरगंज, पर्सा

नेपाल महिला संघ पर्सा ले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस अवसरमा कार्यक्रम गरि मनाएको छ। वीरगंज स्थित ज्योति नगरमा रहेको नेपाली कांग्रेस पर्सा को पार्टी कार्यालयमा नेपाल महिला संघ पर्सा द्वारा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाइएको छ।

संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवसमा नेपाली कांग्रेस पर्सा का सभापति तथा मधेश‌ प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री ले सम्बोधन गर्ने क्रममा पहिले पहिले कार्यक्रमहरु संचालन गर्दा महिलाहरूको उपस्थिति एकदम न्युन हुने गरेको तर अब महिलाहरु पनि जागरुक भएको देखेर आफुलाइ खुसी लागेको बताए । अब हरेक कार्यक्रम मा महिलाहरुको उपस्थिति बढिरहेको छ । यो एक्दम सर्हानिय छ । महिलाहरु ले आफ्नो हक हित को लाग्गी जागरुक हुनु धेरै आवस्यक छ।

त्यस्तै सो कार्यक्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम सम्बोधन गर्दै भने महिला आन्दोलनका कारण पछिल्लो समय महिलाहरू राजनीति र देशका अन्य तहमा पुगेको हुन । ‘महिला आन्दोलनको उपलब्धि जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, त्यो बढ्न नसक्नु दुःखको कुरा हो, तर संविधानमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गरेको छ त्यो महिला आन्दोलनका कारण भएको हो’, उहाँ भन्नुहुन्छ । महिला अधिकारको रक्षा गर्दै आगामी दिनमा अगाडि बढ्नुपर्ने बताए । महिला आन्दोलनकै कारण देशको कार्यकारी पदमा महिला पुगेको उहाँको भनाइ रहेको थियो ।

आज भएको उक्त कार्यक्रम नेपाल महिला संघ की जिल्ला अध्यक्ष किरण शर्माको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्सा का सभापति जनार्दन सिंह क्षेत्री को प्रमुख अतिथिमा भएको थियो।कार्यक्रममा नेपाली कांग्रेस पर्सा का उपसभापति रामनारायण कुर्मी, नेपाली कांग्रेस पर्सा का पुर्व उपसभापति दिना गुप्ता, नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंह,महिला नेतृ रम्भा मिश्रा, नेपाली कांग्रेस पर्सा का नेता धर्मराज यादव, वीरगंज महानगरपालिका का उप प्रमुख का स्वकिय सचिव शेष हजरा,नेता विवेक चौरसिया,नेहा मिश्र,संचारकर्मी राहुल गुप्ता लगायत पार्टी का विभिन्न भातृ संगठनहरुका सदस्यहरु को उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close