उपरीक्षकमा बढुवा भएका रामजंग पाण्डेको बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

वीरगंज, पर्सा
बीरगंज भन्सार सशस्त्र प्रहरी गुल्ममा कार्यरत सशस्त्र प्रहरी नायब उपरिक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका रामजंग पाण्डेको बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले आफ्नो कार्यकक्षमा प्रहरी उपरीक्षक रामजंग पाण्डेलाइ दोसाला ओढाइ सम्मान गर्दै बधाईका साथै मायाको चिन्ह प्रदान गर्दै बिदाइ गरेका थिए । त्यस्तै आउने दिनमा फेरि भेट हुने बिश्वास समेत व्यक्त गरेका थिए ।

आज भएको बिदाई तथा फेरी भेटौला कार्यक्रममा वीरगंज महानगरपालिकाका उप-प्रमुखका स्वकिय सचिव शेष हजरा, नेपाली कांग्रेसका नेता धर्मराज यादव,नेपाली कांग्रेस पर्साका युवा नेता फिरोज आलम,नेपाली कांग्रेस पर्साका निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंह, नेपाली कांग्रेस पर्साका महिला नेतृ नेहा मिश्रा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close