हरितालिका तिजको अवसरमा इनप्रुविंग वीरगञ्जको आयोजनामा बृहत् रुपमा तिज उत्सव कार्यक्रम सम्पन्न

नेपाली महिलाहरुको महान चाड तिज नजिकदै गर्दा पर्सामा यसको रौनक देखीन थालेको छ । हरितालिका तिजको
अवसरमा इनप्रुविंग वीरगञ्जको आयोजनामा बृहत् रुपमा तिज उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली मौलिक संस्कृती र परम्पराको जगेर्ना गर्न अयोजित तिज उत्सव वीरगञ्ज स्थित क्लासिक बैंक्वेटको हलमा सम्पन्न भएको छ । बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित महिलाहरु परम्परागत शैलीमा नाचगान गर्दै तिज उत्सव मनाएका छन् ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले नजिकदै गरेको तिजको शुभकामना व्यक्त गरेका थिए।

हिन्दु महिलाहरुको महा पर्व तिज प्रेमको प्रतिक रहेको डा. प्रमोद सर्राफले बताउनु भयो सत्युगमा देवी पार्वतीले शिव
भगवानको लागि गर्नु भएको थियो र यो पर्व आफ्नो श्रीमानको लामो आयु र घरपरिवारको सुख समृद्धी को लागि गर्ने मान्यता रहिआएको वहाँले बताउनु भयो । तर समय परिर्वतन संगै केहि विकृती आएको हुदाँ समयमै सुधार गर्न उपस्थित महिला दिदि बहिनीहरु मा अनुरोध गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close