बालिका अपहरणमा मुद्दा दर्ता अनुसन्धान जारी ७ दिन म्याद थप्प

रौतहट : रौतहट माधव नारायण मिठुअवा -५ मा दुई मिलिजुली अपहरण गरेको हुँदा प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएपछि घरपरिवारले खोजतलास गर्दै जाँदा छिमेकीले अपहरण गरेको खुल्न आएपछि शुक्रवार साँझ इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी गराएका थिए ।

गाउँलेद्वारा नै बालिका अपहरण गरिएको थाहा भएपछि तिनीहरूमाथि दबाव दिएपछि शनिवार बिहान ५ बजेको समयमा बोरामा बाँधिएको अवस्थामा खुश्बु फेला परेको निजका बुवा अवधेशकुमार महतोले बताए ।

छोरीलाई छिमेकी रञ्जित साह र नरेश साहले अपहरण गरेर बेच्न भारत पुर्‍याएका थिए। दुईजनाले अपहरण गरेर लगेको कुरा खुलेपछि उनीहरूका परिवारमाथि दबाव दिएपछि भोलिपल्टै गाउँछेउमा ल्याएर छाडेका थिए। ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले मुद्दा  दर्ता गरि ७ दिन म्याद थप्प गरि अनुसन्धान अगाडि बढाएको ईलाकाले जनाएको छ ।

प्रहरीलाई नाम सहित भने पनि उनीहरूलाई समात्न ढिलासुस्ती गरेपछि आक्रोशित गाउँलेले गौर चन्द्रपुर सडक खण्डमा शनिवार बिहानै दुई घण्टा चक्का जाम गर्दा प्रहरीले दुबै आरोपीलाई नियन्त्रणमा लिएपछि मात्रै बाटो जाम खुलेको थियो। छोरीलाई नसाको सुई दिएर यहाँबाट लगेको पीडितका बुवा महतोले बताए।

दुबै आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही गर्न जाहेरी इलाका प्रहरी कार्यालय गरुडामा दिइसकेको उनले बताए।

यस विषयमा गरुडा ईलाका प्रहरी कार्यालय गरुडाले दुईजनालाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको तथा बालिकाको स्वास्थ्य परीक्षण लगायतका काम भइरहेको बताए। अपराधीलाई हदसम्म कार्वाही गराउन गहिरो अनुसन्धान भैई रहेकोे बताएका छन ।

आज मिठुअवा -५ २३ गते राती १२ :बजे करिब पीडित घरमा थुना भित्र रहेकोे व्यक्तिको आफ्नो मान्छे मार्फत चोरी गरि साईकल गरगहना पैसा लुटपाट गरेको पीडितले बताएको छ । बिहानै सुक्दैव चोकीको प्रहरी हल्बदार आई सम्पूर्ण विवरण मुचुल्का उठाई लगएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close