आज हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) गर्ने दिन।

आज हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) गर्ने दिन।

अभिलाष गुप्ता। आज हरिबोधिनी एकादशी यो एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रुपमा मानिन्छ।

हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन। हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको भन्ने विश्वास गरिन्छ ।

चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने चलन रहेको छ।
आजकोे दिन बिरगंज लगाएत देशभरका विष्णु मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागने गर्द छ।काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको भिड बिहानैदेखि लागने गर्द छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close