
नेपाली कांग्रेस नेता तथा बिरगंज वडा नं १८ का बुथ सभापति स्वर्गीय नागेन्द्र राउत कुर्मी को तेर्हौ दिनको पुण्ड तिथीमा श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का सभापति अनिल सिंह सभापतित्तवमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको थियो । कार्यक्रममको दौरान स्वर्गीय नागेन्द्र राउत कुर्मीको आत्माको चिर शान्तीको कामना गर्दै एक मिनेट मौन धारण समेत गरीयको थियो ।
कार्यक्रममका बिचमा नेपाली कांग्रेस तथा आम जनता तथा स्वर्गीय कुर्मीका आफन्तले उनको तस्वीरमा माल्यार्पण समेत गरेका थिए । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका नेता तथा सविधानसभा सदस्य अनिल रुङ्टा ,नेपाली कांग्रेस पर्साका बरिस्ठ नेता श्याम पोखरेल,नेपाली कांग्रेस पर्सा का उपसभापति राम नारायण कुर्मी , नेपाली कांग्रेस पर्सा का सचिव तथा उप मेयर इम्तियाज आलम , महिला संघ कि केन्द्रिय सदस्य किरन सरकार , जसपा का नेता सुन्दर कुर्मी,क्षेत्र नं.१ का सभापति अनिल सिंह,क्षेत्र नं २ का सभापति मोहम्मद साबुदिन ,मुस्लिम संघ पर्सा का अध्यक्ष हबिब मिया,उप-मेयरका स्वकीय सचिव शेष हजरा,वडा अध्यक्ष सर्युग महतो, गरिब साह , लोक नारायण , बाबू नन्द चौरसिया, अलि हुसेन , विशेवर पटेल, नारायण यादव , अनामिका यादव, विजय पौडेल , इजाजत मिया,सुरेन्द्र लामिछाने,रामनिवास यादव,बाबुनन्द पटेल,जे.पि.ठाकुर,पत्रकार राहुल गुप्ता,लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको शहरीकरण नेपाली कांग्रेस बिरगंज महानगरपालिकाका सचिव श्याम पटेलले गरेका थिए।




