
वीरगंज, पर्सा
५९ औ राष्ट्रिय बालदिवसको अवसरमा:- बालबालिकाकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका तथा यहि शिर्षकमा वीरगंज महानगरपालिकाको महिला बालबालिकाका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा समुदायिक बिधालयको मा.वि.तहका बालबालिका बिच वकतृत्वकला प्रतियोगिताको विजेता बालबालिकाकालाई आज एक कार्यक्रमका बिच उप-प्रमुखको कार्यकक्षमा प्रमाणपत्र बितरण गरिएकोछ।
सुरजी देवी मा.वि.का बिधार्थी सन्देश,श्री नर्सिङ मा.वि.का बिधार्थी पुनम कुमारी साह,श्री त्रिभुवन हनुमान मा.वि.का बिधार्थी कृष्णा कुमारी गुप्ता,श्री ने.रा.मा.वि.नगवाका बिधार्थी पुजा कुमारी पटेल,श्री बिधापिठ मा.बि श्रीपुरका बिधार्थी सरफरोज हवारीलाइ वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम तथा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले प्रमाणपत्र वितरण गरेका हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




