
यातायात व्यवस्था कार्यालय सानो सवारी शाखा
वीरगंजमा कार्यरत्त करारका कर्मचारी कार्यालय सहयोगी
रामप्रवेश कुमार यादवको सनाखत नामसारीको
कालाकर्तुतहरु बाहिर छताछुल्ल भएको छ ।
यादवले २०६५ साल देखि सो कार्यालयमा कार्यरत रही
भ्रष्टाचारको मामिलामा अनुभव बटुलिसकेका व्यक्तिको
रुपमा परिचित रहेका छन् । उनी सो शाखाका
अधिकृतहरुलाई रिझाउदै सनाखत नामसारीमा सही गराउदै कैयौं अधिकृतहरुको भागको रकम दम्पच गरेको र कसैले सही गर्न नमाने पछि उनी आफै ढाडामा आफ्नै
हेन्डराईटिङ्गमा लेखि सेवाग्रहीको ब्लुबुकमा किर्ते सही गर्ने
गरेको स्रोतको भनाई रहेको छ । #pardafas
ढाडामा आफ्नै हेन्डराईटिङ्गले लेख्दै थानको थान
सेवाग्रहीहरुको ब्लुबुकमा किर्ते सही गरी अधिकृतहरुको
छाप लगाई दिने गरेको बताईन्छ । यस्ता दर्जनौं दर्जन
प्रमाणहरु यस अनलाईन सँग सुरक्षित रहेको छ । मिति
२०७९ असार महिना ढाडामा गते उल्लेख नगरी ना ३८ प
६०९४ नम्बरको स्कूटर गोरखा जिल्ला आरुभ¥याङ्ग ९ बस्ने गौतम प्रसाद लामिछानेको नाउबाट चितवन जिल्ला
काउले–६ निवासी रिखी बहादुर रायमाझीको नाममा
सनाखत नामसारी भएको छ ।
कार्यालय सहयोगी रामप्रवेश कुमार यादवको हेन्डराईटिङ्गमा ढाडामा लेखिएको सो स्कूटर नम्बरमा कुनै पनि अधिकृतको सही नरहेको पाईएको छ । एउटा मोटरसाईकलको सनाखत नामसारीमा करिब ३ हजार देखि ५ हजार सम्म दररेट कायम गरी घुसको रकम लिने गरेको बताईन्छ । कार्यालय सहयोगी यादवले सवारी धनी र कुनै पनि अधिकृतलाई थाहै नदिई अर्काको नाममा सनाखत नामसारी गर्दै कानुन विपरितका कार्यहरु गर्न पछि परेका छैनन् ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११ ।११८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु। १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था
रहेको छ ।
सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।
प्रसौनी गाउंपालिका-३ बारा नौतन निवासी रामप्रवेश कुमार यादवले २०६५ साल देखि नै करारमा कार्यलय सहयोगीको नियुक्ती लिई मोटरसाईकल फांटमा नै कार्य गर्दै आईरहेका छन् । उनी करारको कर्मचारीबाट राजिनामा दिई २०७४ असोज २ गते स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको टिकटबाट वडा अध्यक्ष पदमा चुनाव लडेका व्यक्ति हुन् । चुनावमा हार बेहोरेपछि तत्कालिन कार्यालय प्रमुखलाई रिझाउदै कार्यालयमा पुनःकाम गर्न थाले । #pardafas



